बाबुरामले सोधे: कोहि नेताहरु रातारात कसरी अर्वपती बने?

जागरणपोस्ट २४ चैत्र २०७५, आईतवार ०९:५७

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले केही नेताहरुको रातारात भएको वर्गउत्थानप्रति प्रश्न उठाएका छन् । उनले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाए ।

पार्टीको सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले राजनीतिमा लाग्नेबेला जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दश पन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आए पनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताएका हुन् ।

आफ्ना पूर्वसहकर्मीहरुप्रति संकेत गरे पनि उनले यो आरोपसँग कसैको नाम जोडेनन् । उनले आम्दानी नै नभएका नेता एकाएक अर्बपति हुनुलाई गडबडीसँग जोडे ।

उनले पैसा कमाउनको लागि निजी व्यवसाय गर्नुपर्नेमा जोड दिँदै भने राजनीतिलाई व्यवसाय नबनाउन सुझाव दिए । नयाँ अवस्थामा जेल गएको कुरा गर्नुभन्दा सदाचारी र विधिको शासनअनुसार अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

समृद्धिको लागि भाषण भन्दा भ्रष्टाचार रोक्नुपर्ने, उद्योगमैत्री नीति र कानून बनाउने, विदेशी लगानी भित्र्याउनु पर्नेमा उनको जोड थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८