पेस्तोलसहित एकजना पक्राऊ

जागरणपोस्ट १२ असार २०७७, शुक्रबार १६:२७

धनुषामा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बाभनविघाबाट उनी पक्राउ परेका हुन् । जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएका १७ वर्षीय श्याम सहनीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई कटुवा पेस्तोल बिक्री वितरण गर्न आउने क्रममा प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । पेस्तोलसहित पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाएको छ भने आवश्यक अनुसन्धान अघि बढाएको छ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५