माता सत्यवती, महर्षि व्यास, कुरुवंश र महाभारत

जागरणपोस्ट १३ असार २०७७, शनिबार ०९:३८
       कपिलमणि ज्ञवाली 

पूर्वीय दर्शनमा महर्षि व्यासको नाम अत्यन्त श्रद्धा र भक्ति पूर्वक लिइने नाम हो । महाभारत को कथामा शन्तनु–गङ्गा पुत्र देवद्रतले सत्यवतीको प्रेममा आशक्त भएका आप्mना पिताको खुसी अनि सुखका लागि आजीवन वह्मचारी, निसन्तान र वंशहीन रहने भिष्म–प्रतिज्ञा गरे । राजा शन्तनु–सत्यवतीबाट चित्राङ्गद र विचित्रवीर्य नामका दुईजना राजकुमारको जन्म भयो । तर यी दुवैको अल्पायुमै मृत्यु भएपछि हस्तिनापुरको राजसिंहासन उत्तराधिकारी विहीन भयो । यस्तो अवस्थामा सत्यवतीले महर्षि व्यासलाई आमन्त्रण गरी अम्विका र अम्वालिकाबाट हस्तिनापुरको उत्तराधिकारी दिन आग्रह गरिन् । आखिर यी महर्षि व्यास को थिए ? सत्यवती र उनको सम्बन्ध के थियो ? व्यासले कसरी हस्तिनापुरको राजसिंहासनलाई उत्तराधिकारी दिए ? महाभारत मा वर्णित कथालाई सङ्क्षेपमा उल्लेख गरिन्छ ।

एकपटक राजा उपरिचर वन–विहारमा थिए । उनी नदी–किनारमा गए । नदीमा गिरी नामकी सुन्दर अप्सरा जलक्रिडा गर्दै थिइन् । अप्सरा गिरीमा आप्mनो सौन्दर्यप्रति बढी नै घमण्ड थियो । उनको शारीरिक सौन्दर्य, चाञ्चल्यता र जवानीबाट धेरै ऋषि–मुनिहरू आकर्षित हुन्थे । यो कुरा सृष्टिकर्ता व्रह्मालाई राम्रो लागेन । यसैकारण व्रह्माले सन्तान उत्पत्तिका निमित्त गिरीलाई पृथ्वीमा पठाए । सन्तानको जन्मपछि बिस्तारै सौन्दर्य वा जवानी कम हुने भएकोले व्रह्माले यस्तो सराप दिएका थिए ।

नदीमा जलक्रिडा गरिरहेकी गिरीको शारीरिक सौन्दर्य देखेर राजा उपरिचरमा बिस्तारै कामवासना जागृत भयो । तर पत्नीव्रता उनी गिरीसँग शारीरिक सम्बन्ध स्थापित गर्न चाहँदैनथे । उनी एउटा वृक्षमुनि बसी आप्mनी रानीको आह्वान् गरे । परम सुन्दरी निर्वस्त्र रानीको दृश्य–कल्पनाले उपरिचर स्खलित भए । उनले त्यो आप्mनो वीर्य पातमा राखी सुगा मार्फत रानीकहाँ पठाए । तर आकाश–मार्गमा राजाको वीर्य लिएर उडिरहेको सुगामाथि चीलले आक्रमण ग¥यो । चीलको आक्रमणबाट वीर्य नदीमा खस्यो । त्यो पातको वीर्य नदीकी एउटी माछीले खाई । वीर्य खाएर माछी गर्भवती भई ।

माछीको गर्भ क्रमशः बढ्दै गयो । तर गर्भ ठूलो हुनाले जन्मिन सकेन । गर्भवती माछीको पीडा र छटपटी देखेर माझीले गर्भवती माछीको पेट चिरे । यसरी माछीबाट दुई शिशुको जन्म भयो । यो कुरा थाहा पाएर राजा उपरिचर नदीमा आए । राजाले ती शिशुमध्ये बालिका माझीलाई दिई बालक लिएर गए ।

बालिका माझीको लालन–पालन र संरक्षणमा हुर्किंदै गइन् । माछीको गर्भबाट जन्मिएकी बालिका राजाको अंश भएको हुनाले परम सुन्दरी थिइन् । उनको शरीरबाट आउने माछाको गन्ध टाढाटाढा सम्म फैलिन्थ्यो । यही गन्धका कारण उनी “मत्स्यगन्धा” का नामले तत्कालीन भारतवर्षमा चिनिइन् । उनी दिनहुँ नदीमा आउँथिन् र मानिसहरूलाई डुुङ्गाबाट नदीको वार–पार गराउँथिन् । परम सुन्दरी मत्स्यगन्धाको डुङ्गाबाट नदी वार–पार गर्न मानिसहरू लालायित हुन्थे ।

एक दिन परासर ऋषि कतैबाट नदीमा आए । उनलाई नदी–पारि जानुथियो । डुङ्गामा बसिरहेकी मत्स्यगन्धालाई देखेर ऋषि अकार्षित भए । उनले आपूmलाई नदी–पारि लैजान मत्स्यगन्धासँग अनुरोध गरे ।

डुङ्गा चलाइरहेकी मत्स्यगन्धाको रूप–लावण्य र जवानी देखेर सामुन्ने बसेका ऋषि परासर मोहित भए । उनीभित्रको कामवासना जागृत भयो । कामवासनाको जागृतिले एकदम अधैर्य बनेका ऋषिले मत्स्यगन्धासँग अनुरोध गरे, “हे परम सुन्दरी मत्स्यगन्धा ! म तिम्रो रूप–लावण्य र जवानीबाट एकदम मोहित भएको छु । मभित्रको कामवासना छचल्किएर पोखिएला जस्तो भएको छ । म एकदम अधैर्य बनेको छु । त्यसैले म तिमीसँग शारीरिक सम्पर्क गर्न चाहन्छु । कृपया ! नाईं नभन ।”

अचानक ऋषिको यस्तो प्रस्ताव सुनेर मत्स्यगन्धा छक्क परिन् । ऋषिको तेजस्वी पुरुष सौन्दर्यबाट उनी पनि प्रभावित नभएकी होइनन् तर सामाजिक मर्यादालाई र इज्जतले गर्दा उनी त्यसो गर्न सक्दिनथिन् । उनले असहमति जनाउँदै ऋषि समक्ष विन्ती गरिन्, “एक त हजुर को हुनुहुन्छ ? मैले चिनेकी छैन । अर्को कुरा म अविवाहित कुमारी हुँ । हजुरसँगको शारीरिक सम्पर्कबाट ममा गर्भ पनि रहन सक्छ । मेरा पिता वा समाजले यो कुरा थाहा पाए भने मेरो के अवस्था होला, भन्नुहोस् त ? यसर्थः यस्तो अपराध मबाट हुन सक्दैन । कृपया ! मलाई क्षमा गर्नुहोस् ।”

मत्स्यगन्धाले भनेको कुरा र उनको चिन्ता स्वभाविक र सत्य थियो । सिद्धिप्राप्त महान् ऋषि परासरलाई वर्तमान, भूत र भविष्य सबै थाहा थियो । तर जे हुनुछ, त्यसलाई उनी पनि रोक्न सक्दैनथे । युवतीलाई संझाउँदै उनले भने, “हे सुन्दरी कन्या ! म परासर ऋषि हुँ । हेर, हामीबीच शारीरिक सम्पर्क भएको दृश्य कसैले देख्न पाउनेछैन । त्यस समय नदी–आसपासको क्षेत्र र डुङ्गा कुहिरोले छोपिनेछ । हाम्रो सम्पर्कपछि तिमीबाट माछाको गन्ध आपैm हराएर गई सुवास आउनेछ । हो, तिमीबाट शारीरिक सम्पर्कपछि नै एउटा बालकको जन्म हुनेछ तर त्यसबाट तिम्रो कौमार्य र शारीरिक सौन्दर्यमा कत्ति परिवर्तन आउनेछैन । तिमी यही अवस्थामा रहनेछ्यौ । तिमीबाट जन्मिने बच्चालाई म आफै लिएर जानेछु । त्यसैले तिमीबाट बच्चा जन्मेको कुरा कसैलाई थाहा हुनेछैन ।”

मत्स्यगन्धा शिर निहुराई ऋषिका कुरा एकोहोरो सुनिरहिन् । कुनै प्रतिक्रिया जनाइनन् । ऋषिले पपुनः संझाउँदै भने, “हे परम सुन्दरी मत्स्यगन्धा ! यस युगमा तिमी सम्पूर्ण भारतवर्षको कल्याणको निमित्त ठूलो जिम्मेवारी लिएर जिन्मिएकी छ्यौ । तिम्रो गर्भबाट ज्ञान र विद्वत्ताको अङ्कुर पलाउनैपर्छ । मैले तिम्रो भविष्य झलझली देखिरहेको छु । यसर्थः तिमीले मेरो प्रस्ताव स्वीकार गर्नैपर्छ ।”

परासर ऋषिले धेरै संझाएपछि मत्स्यगन्धाले अस्वीकार गर्न सकिनन् । उनीहरूबीच यस्तो संवाद हुँदै गर्दा डुङ्गा नदीको बीचमा थियो । यसैबीच अचानक बादल लागेजस्तो भयो । कुहिरोले नदी छोपियो । मत्यगन्धा र परासरका बीचमा शारीरिक सम्पर्क भयो । मत्स्यगन्धाबाट एउटा बालकको जन्म भयो । लामो समयदेखि नदीबीचमा यताउति गर्दै घुमिरहेको डुङ्गा नदीपारि पुग्यो । नवजात शिशुलाई काखमा लिई ऋषि परासरले मत्स्यगन्धासँग बिदा मागे । मत्स्यगन्धाले सादर प्रणाम गरी ऋषिलाई बिदा गरिन् र डुङ्गा लिएर वारि आइन् ।

यहाँ वास्तवमा ऋषि परासर र मत्स्यगन्धाबाट जुन शिशुको जन्म भयो तिनै शिशु महर्षि व्यास थिए । उनलाई ऋषि परासर आफैले लगी वेदवेदान्त, शास्त्र, दर्शन आदिको शिक्षा दिएका थिए ।
लामो समयसम्म छोरी घर नआएकोमा पिता चिन्तित थिए । उनी धेरैपटक नदीमा गएर हेरे, तर छोरी र डुङ्गा कतै देखेनन् । छोरीको चिन्ताले मन छटपटाइरहेको बेला बेलुकीपख मत्स्यगन्धा आएको देखेर माझी खुसी भए । माझीले टाढैदेखि आएको माछाको गन्धबाट छोरी आएको सङ्केत पाउँथे तर यसपटक छोरीको शरीरबाट सुवास आइरहेको थियो । उनको अनुहार पहिलेको भन्दा उज्यालो र चम्किलो थियो । छोरीमा आएको यस्तो परिवर्तन देखेर माझी छक्क परे । उनले प्यारी छोरीको कपाल सुमसुम्याँदै ढिलो आउनाको कारण सोधे ।

“आप्mना पिताको हात समाउँदै मत्स्यगन्धाले विन्ती गरिन्, “बाबा ! म एकजना ऋषिलाई लिएर नदी–पारि जाँदै थिएँ, अचानक डुङ्गा हरायो । म दिग्भ्रमित भए । मैले आप्mनो लक्ष्य र गन्तव्य नै पहिल्याउन सकिन । जब होस आयो अनि म नदी–पारि पुगिसकेकी थिएँ । ऋषिलाई प्रणाम गरी बिदा गरेँ । अनि आपूmलाई हेरेर आफै छक्क परेँ । योभन्दा बढी मलाई केही थाहा छैन ।”

छोरीको कुराबाट माझीको मनमा अनेकाँै शङ्का–आशङ्काहरू जन्मिए । एक दिन माझी छोरी मत्स्यगन्धालाई लिएर वर्तमान, भूत, भविष्य देख्न सक्ने ज्योतिष–विद्याका धुरन्धर विद्वान् महान् ऋषिकहाँ गए अनि मत्स्यगन्धाको जन्म–कुण्डली देखाउँदै भाग्य–रेखा हेरिदिन अनुरोध गरे ।
ऋषिले मत्स्यगन्धाको जन्म–कुण्डली र भाग्य–रेखा हेरेर छक्क परे । उनको अनुहारमा खुसी र प्रसन्नताको भाव देखियो । उनले गम्भीर मुद्रामा मत्स्यगन्धालाई हेरे । मत्स्यगन्धाको अनुहार चम्किलो, देदीप्यमान् र तेजस्वी देखियो । ऋषिले मनमनले मत्स्यगन्धालाई नमः गरे ।

ऋषिको मौनता र उनको मुहारमा आएको परिवर्तन देखेर माझी छक्क परे । उनले छोरीको कुण्डली र भाग्यका विषयमा ऋषिसँग जिज्ञासा राखे । “हे समादरणीय ऋषि महोदय ! छोरीको कुण्डली र भाग्यले के भन्छ, कृपया बताइदिनुहोस् न ?”

ऋषिले खुसी हुँदै माझीसँग भने, “हे माझी ! तिम्री छोरी कुनै सामान्य नारी होइनन् । यिनको जन्म–कुण्डली र भाग्य–रेखामा राजयोग छ । यिनी अवश्य नै शक्तिशाली राज्यको रानी र त्यस राज्यको निर्णायक शक्ति बन्नेछिन् । यिनीबाट जन्मिने पुत्र त्यस देशको राजा बन्नेछन् । यतिमात्र होइन, यिनको विवाहका लागि तिमीले कत्ति चिन्ता लिनुपर्दैन । स्वयम् राजा र राजकुमार यिनलाई माग्न तिम्रो निवासमा आई अनुनय–विनय गर्नेछन् । एउटी नैतिवान्, कर्मशील र आदर्श नारीका रूपमा यिनको नाम सदैव आदर र सम्मान पूर्वक लिइनेछ । यस्ती महान् छोरीका पिता तिमी धन्य छौ !”

ऋषिको भनाइप्रति मत्स्यगन्धाको हृदयमा मिठो कल्पना अनि जिज्ञासा जागृत भयो । तर त्यो जिज्ञासा अव्यक्त थियो । उनले मौन रूपमा ऋषि समक्ष आप्mनो जिज्ञासा राखिन् । मत्स्यगन्धाको जिज्ञासाका विषयमा ऋषिले स्पष्ट रूपमा आप्mनो भनाइ राखे, “हे सत्यवती ! तिमी र ऋषि परासरबाट जन्मेका बालक यतिखेर आप्mना पिता र विभिन्न ऋषि–मुनिबाट वेदवेदान्त, शास्त्र, दर्शन आदिको शिक्षा लिइरहेका छन् । ती बालक भविष्यमा महर्षि व्यासका नामले लोकलोकान्तर चिनिनेछन्, उनको नाम मात्रले पनि मानिसको हृदयभित्रको अशिक्षा र अज्ञानता रूपी अन्धकार हटेर जानेछ । अत्यन्त आदर, श्रद्धा र सम्मान पूर्वक उनको नाम लिइनेछ ।”

यतिले मात्र पनि मत्स्यगन्धको हृदयभित्रको जिज्ञासा पूर्ति भएन । मत्स्यगन्धाको हात र नजर ऋषिबाट अझै हटेन । आप्mना पुत्रको विषयको जिज्ञासा अझै अपूरो रहेको भन्ने बुझी ज्योतिष ऋषिले भने, “हे सत्यवती ! तपाईंका पुत्र यी व्यासबाट नै राजसिंहासनको सङ्कटमा परेको राज्यको समस्या समाधान हुनेछ । यिनले तपाईंलाई धर्म–सङ्कट, नैतिक–सङ्कट, कर्तव्य–सङ्कट र राज्य–सङ्कटबाट पार लगाउनेछन् ।”

वास्तवमा यी महान् नारी मत्स्यगन्धा थिइन् । उनको जन्म–कुण्डली अनुसारको नाम सत्यवती थियो । शरीरबाट माछाको गन्ध आउने भएकोले मानिसहरू उनलाई मत्स्यगन्धा भन्दथे । उनका पिता माझीको नाम दाशराज थियो । अथवा सत्यवती दाशराज–पुत्री सत्यवती थिइन् । उनको राजयोगकै कारण राजा शन्तनु सत्यवतीलाई माग्न उनकै निवासमा गएका थिए । आप्mना पिताको निमित्त सत्यवतीलाई पाउन देवव्रतले भिष्म प्रतिज्ञा गरेका थिए ।

उता ऋषि परासरको आश्रममा हुर्किंदै गरेका बालक विभिन्न शास्त्र, दर्शन, वेदवेदान्तको अध्ययनबाट पारङ्गत एक सर्ववेत्ता, सर्वज्ञाता र सर्वद्रष्टा जवान युवक भइसकेका थिए । जब चित्राङ्गद र विचित्रवीर्यको मृत्युले हस्तिनापुरमा राजसिंहासनको उत्तराधिकारीको समस्या उत्पन्न भयो तब महर्षि व्यास माता सत्यवतीको आग्रहमा अम्विका, अम्वालिका र दासीसँग शारीरिक सम्पर्क गर्न वाध्य भए । सत्यवतीको चिन्ता र आग्रह अनुसार व्यास–अम्विकाबाट धृतराष्ट्र, व्यास–अम्वालिकाबाट पाण्डु र व्यास–दासीबाट विदुरको जन्म भयो । उत्तराधिकारी विहीन हस्तिनापुरले उत्तराधिकारी पायो ।

यिनै परासर–मत्स्यगन्धा–पुत्र महर्षि व्यासले हस्तिनापुरको शान्तिपूर्ण भविष्य नदेखी माता सत्यवती सहित अम्विका, अम्वालिका र दासीलाई वनमा लिएर गएका थिए ।

[email protected]

लेखकद्वारा थप: गुरुभक्तिको अनुपम उदाहरण; शिष्य एकलव्य र गुरु दक्षिणा

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८