मेरो जागरण मेरो जीवन भाग – ८

जागरणपोस्ट २४ चैत्र २०७५, आईतवार ११:३५

अप्रिलफुल

श्रेष्ठ थरका एक जना सहकर्मी साथी थिए । म भन्दा धेरै नै सिनिएर तर एउटै तहमा । उमेर पनि पाकै भै सकेका तर झुक्किएर पनि बूढो भन्ने शब्द मुख बाट फुत्क्यो भने ठुलै झगडा पर्थ्यो । ह्यान्सम हिरो भन्दिए मख्ख पर्थे चिया खाजा अर्डर गरि हाल्थे । खाली पैसाको मात्रै कुरा गर्ने । उनको मानसिकता हाम्ले राम्रै बुझेका थियौं । उन्लाई बखान गरि गरि उल्लु बनाएर हामी मजा लिन्थ्यौं । काम फिटिक्कै नगर्ने । अफिसले पनि कुनै जिम्मेवारी दिदैन्थ्यो उनलाई । जता गए पनि अवगाल मात्रै । सरुवा गरेर पठाए पनि शाखा कार्यालय हरूले सके सम्म तर्काउने कोसिस गर्थे । उनको जागीरको उत्तरार्धको अवस्था थ्यो । १०/१२ बर्ष जिल्लामा घुमाई सके पछि अन्त्तमा घरपाएक पोखरामा नै सारिदिएको थ्यो अफिसले । त्यो पनि हाम्रै शाखामा
कसैलाई मर्का नपरोस् भनेर उनलाई प्राय रोटेशनमा राखिन्थ्यो ।
अप्रिलफुल मनाउन हामीलाई पनि यस्तै पात्रको खाँचो थियो । सहकर्मी दाजु हरुले मलाई प्रायले बाउन भाइ भन्थे । म सरल सहज भएकोले सबैले मन पराउँथे पनि । अप्रिलफुलको दिन थियो , अरु हरुले यस्तै उट्पट्याङ्ग गरेर साथीहरुलाई उल्लु बनाइ रहेका थिए । सहकर्मी दाजुले भने भाइ आज यो झल्लुलाई मार उल्लु बनाम् ! बर्ष भरि नबिर्सिने दुख दिम् भन्ने प्रस्ताव राखे । दाजुको प्रस्ताव सुन्दैमा सहकर्मी दिदी हरू पनि मरि मरि हाँसे । मलाई फर्साद पर्‍यो । झुक्किएर बूढो भन्दा त झगडा गर्नेलाई उल्लु बनाउन सहज भए पनि भोलि अर्को जोखिम मोल्न पर्ने थियो ।

एक छिन पछि मलाई एउटा आइडिया फुर्‍यो । उनलाई दुख पनि नहुने हामीलाई फाइदा रमाइलो पनि हुने । अनि मैले भने यो फुकिढललाई दुख नदिम बरु यस्लाई उचालेर आज मस्ती गरम् कसो हुन्छ ? दाजु हरुले कसो गर्ने त ल गर हामीले गर्न पर्ने कुरो गरि हाल्छ्म् भने । दिदी हरुले पनि सही थापे । मैले भने ल त्यसो भए भरे घरमा खाना नबनाउनू भनेर खबर गरि राख्नुस् आज मज्जाले यतै जमम्ला । फलानो होटलमा बेलुकालाई अर्डर गरि राखम् । सबैले बाउन भाइको आइडिया राम्रै फुरे जस्तो छ । कि हामीलाई नै उल्लु बनाउन लाग्यौ भनेर गललल्ल हाँसे । ल भन के गर्न पर्‍यो हाम्ले ? भनेर उनी हरुले भने । मैले भने अरु क्यै अर्न पर्दैन । श्रेष्ठ दाइ आउने बित्तिकै तपाईं हरुले बधाई छ ! बधाई छ भनेर हात मिलाउनु होस् अरु क्यै नबोल्नू भनेर सुझाएँ । त्यही अनुसार भद्र सहमती पनि भयो ।
केही बेर पछि श्रेष्ठ दाइ पनि आए सबैले भने अनुसार नै गरे । त्यो दिन हामीले नै चिया अर्डर गर्‍यौं । उनी असरल्ल परे । केही बेर उनको गुणगान गरियो चिया पिउँदै । थापा दाजुले आँखाको इशाराले अघिल्लो प्रक्रियामा जान मलाई निर्देशन गरे । सबै चुपचाप भए । श्रेष्ठ दाइले के को लागि बधाई दिएका हुन् भन्ने केही अड्कल काट्न सकि रहेका थिएनन् । मैले प्रसङ्ग जोड्दै भनें दाजु तपाईंलाई अत्यन्तै खुशीको खबर सुनाउँछौ । यस्को बदलामा के गर्नु हुन्छ ? उन्ले मेरो फाइदाको कुरा भए खाजा ख्वाउँछु भने । मैले सोझै इन्कार गरें । त्यत्रो खुशीमा जाबो खाजा खाएर कस्ले जात फाल्छ ? म भए त भव्य पार्टी गर्थें । अरु दाजु हरुले थपी थपाई लाउँदै भने ए ! बाउन भाइ ! तिमी भन्दा के कम छ्न् श्रेष्ठ ? तिम्रो भन्दा भव्य पार्टी दिन्छ्न् । मैले उहाँ हरूलाई आँखा सन्काउँदै भने , तपाईं हरूले भनेर भयो त ? श्रेष्ठ दाजु कै मुख बाट आउन पर्‍यो नि ! कसो हो दाजु ? कसैले अबिर लाई हाल्ने प्रस्ताव पनि राखे । मैले भने भोज नखाई के अबिर लाउनु ऐले बेला न कुबेला लाउने हैन भने । त्यति भए पछि उनी पनि ठुलै चिठ्ठा परेछ भन्नेमा विश्वस्थ भएछ्न् । ल ख्वाउँछु भन्ने उद्घोष गरे । सबैले ताली बजाए ।
म एकै छिन् है ! भनेर बाहिर निस्कें , नजिकै राम्रो रेस्टुरेन्टको साहु भाइलाई लिएर भित्र पसें र ल भाइ भरे श्रेष्ठ सरले हामीलाई सानो पार्टी दिने भन्नू भएको छ अर्डर टिप भनें । उनले कस्ले के के खाने , कुन कुन पेय पदार्थ सोही अनुसार सोध्दै टिपाउँदै गरे । लगभग ५ हजार जतिको अनुमानित इष्ट्मेट दियो साहु भाइले । उनले सहस्र स्वीकार गरे । फेरि ताली बज्यो ।

खुशीको खबर रेष्टुरेन्टमा नै सुनाउने भद्र सहमती भयो । साँझ मजाले जमियो । खुशीको खबर सुनाउन बाँकी थ्यो । आधा आधी खाइ सके पछि दाजु हरुले भने । बाउन भाइ श्रेष्ठ सरलाई धेरै न तड्पाऊ भन्द्यौ खुशीको खबर । मैले श्रेष्ठ दाजुको गिलासमा आफ्नो गिँलास जुधाउँदै भनें । ह्याप्पी अप्रिलफूल दाइ । हाँसोको फोहराले रेस्टुरेन्ट नै गुन्जाएमान भयो ।

पढ्नुहोस- मेरो जागरण मेरो जीवन भाग – ७

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६