नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते

जागरणपोस्ट १५ असार २०७७, सोमबार ०९:३२

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन ।

रामनगरमा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।

घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ ।

नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेका छन् । कुन पक्षबाट गोली चलेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो ।

रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै रहेको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५