मेरो जागरण मेरो जीवन भाग – १३

जागरणपोस्ट २४ चैत्र २०७५, आईतवार १७:४७

झमक्क साँझ पर्नै आँटेको थियो आमा मेला बाट फर्किँदा झण्डै फुट्बल जत्रो खस्रो खस्रो काँढेदार एउटा डल्लो बोकेर आउनु भयो । मैले भकुण्डो बनाउने भन्दै झुत्रा झाम्रा कपडाको सत्यानास बनाएको देखेर आमाले अब कपडा पोको पारेर नखेल बरु खेताला गएको पैसा पाए पछि साच्चैको भकुण्डो ल्याइ दिन्छु भनेर केही दिन अघि सम्झाउनु भएको थियो । त्यही आशमा मैले कपडा पोको पार्न छोडेको थिएँ । नभन्दै आमाले मैले कल्पना गरे भन्दा धेरै ठूलो भकुण्डो ल्याइदिनु भएछ भनेर खुशीले भैंमा खुट्टा भएन । त्यो डल्लो राम्ररी नहेरी साथी बोलाउन कुदि हालें । पातलो बस्ती भएकोले नजिकैमा दुईचार जना मात्रै जम्मा गर्न सफल भएँ । उनी हरू पनि भकुण्डो हेर्न सँग सगै आए । साँझ झमक्कै भै सकेको थियो । आमाले घर धन्दा गर्दै हुनु हुन्थ्यो । डल्लो राखेको ठाउँ देखेको थिएँ आमालाई नसोधी साथी हरुलाई देखाउन सकि नसकी बाहिर ल्याएँ । निकै गरुङ्गो थियो । एकातिर एक बित्ता जतिको समाउने डाँठ थियो । डल्लो गोलो न भै अलि लाम्चो खालको रहेछ । सोच्यौं साच्चैको भकुण्डो यस्तै हुने रहेछ । डाँठ भाँचेर फाल्यौं सजिलै भाँचियो पनि ।

सानो आँगनको बीच भागमा राखेर खेल्न शुरु गर्नै लागेका थियौं । आमा गोठको धन्दा सकेर टुप्लुकै आइ पुग्नु भो । हाम्ले खेल्न लाएको देखेर , आमाले खै के सोच्नु भएछ , आबुई यो त बुजी हो खेल्न हुन्न भन्नु भो , बुजी भने पछि हाम्रो सातो पुत्लो उड्यो । साथी हरू दगुरेर आ-आफ्ना घर गए । म कुदेर आँटीमा गएर सुतें । पछि के के भयो थाहा भएन । आमा र दाइ भुई तला मै हुनुहुन्थ्यो । केही बेर पछि आमाले बोलाउनु भयो , म झरिन आँटी बाट । खाना बन्दै गरेको हुनु पर्छ धूवाँले आँखा पोलि राखेको थियो । दाइले माथी गएर बोलाउनु भयो स्यानु आमाले मीठो खानेकुरा ल्याउनु भएको छ खान उठ भनेर कर गर्नु भयो । म आँगनमा राखेको बुजी भित्र पस्छ भन्ने डरले ज्यान गए तल ओर्लिन । मुख छोपेर सुतिरहें । एक छिन पछि एउटा भाँडोमा दूध , तीन ओटा ठूला बटुका र त्यही डल्लो नाङ्ग्लोमा राखेर दाइ र आमाले माथी नै लिएर आउनु भयो । टुकीको मधुरो उज्यालो थियो । फेरि उसै गरि उठाउनु भयो दाइ र आमाले । नाङ्ग्लोमा त्यही बुजी दुई फक्कालो भै फिजाइँएको थियो । टुकीको उज्यालोमा झनै डर लाग्दो देखें चिच्याएँ । त्यो देखेर आमालाई बल्ल थाह भएछ छोरो यै देखेर पो डराएको रहेछ । झट्टपट्ट आमा नाङ्लो सहित लिएर तल झर्नु भयो । दाइले मलाई सम्झाउन लाग्नु भयो । एक छिन पछि आमाले एउटा भाँडोमा सेता सेता भाग मात्रै झिकेर ल्याउनु भयो र सम्झाउन थाल्नु भयो ! हेर त ! कति मिठो चीज छ दूध सित कस्तो मीठो हुन्छ ! उठ अब तीनै जना आमा छोरा भएर खाने । बुजी खोल्सामा फालेर आएँ । अहँ दाइ र आमाले जति सम्झाए पनि आँखै खोल्न डराएँ । मलाई त झन् हन्हन्ती ज्वरो आएछ । आमाले लौ यस्को सातो गएछ भनेर त्यो खाने कुरा त्यत्तिकै राखी सातो फुक्ने मान्छे बोलाएर ल्याउनु भयो । उठाएर सातो फुके । तर मैले आँखै खोलिन । फुक्ने मान्छे र अरु एक दुई जना छिमेकी पनि थिए । अब ठिक हुन्छ भनेर केही बेर पछि उनी हरु गए ।
ज्वरो आएको बेलामा ख्वाउन नहुने पनि सुझाए उनी हरुले । उनी हरूले साह्रै मीठो रहेछ भन्दै थिए । सायद आमाले उनी हरूलाई पनि चखाउनु भयो होला । तर मैले आँखा खोलेर हेरिन । त्यो दिन खाना सहित खाइन ।
दाइ र आमाले खाना खानु भयो कि भएन त्यो पनि मलाई थाहा भएन ।
भोलि पल्ट ढिलो उठें । ज्वरो कम भैसकेको थियो । बेलुका आमा र दाइले पनि केही खानु भएन्छ । त्यत्तिकै सुत्नु भएछ । बिहान घाम लाइकेका थिए । डराइ डराइ बाहिर निस्कें बुजी कतै थिएन । भोक निकै लागेको थियो । बेलुका कै भात भुटेर दिनु भयो आमाले । दाइले र मैले खायौं । आमाले पनि भुटेकै भात खानु भयो । त्यो खाने कुरा पनि त्यत्तिकै रहेछ ।
दाइ र आमाले पनि नखानु भएको रहेछ । बिहान अलि सहज भएको देखेर त्यही खाने कुरा खान फकाउन थाल्नु भयो । मैले ज्यान गए खाईन । गर्मीको कारणले बिग्रन थालेछ क्या हो दिउँसो तिर ताउलोमा हाली दिनु भयो आमाले ।
केही बर्ष पछि पो थाहा भयो आमाले ल्याएको त्यो बुजी खानेकुरा रुख कटहर पो रहेछ । मेरै कारणले दाइ र आमाले पनि खान पाउनु भएन । कहाँ देखि ल्याउनु भएको थियो होला आमाले । तीनै जना आमाछोराले रमाइलो गरेर खाने भनेर । झनै तनाव कति भयो होला आमालाई ।

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग – १२

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम  को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८