ब्रेकिङ न्युज:

मेरो जागरण मेरो जीवन भाग – १५

जागरणपोस्ट २५ चैत्र २०७५, सोमबार ०८:००

जाबो जम्दारको पनि के बखान गर्न लागेको सोच्नु भएको भए एक छिन पर्खनु होस् । यो बेलाको जम्दारको कुरा गर्न लागेको हैन उ बेलाको जम्दार को कुरा हो । राणा जीको पालाको जम्दार । सायद सर्वसाधारण उक्त पदमा कमै पुग्ने रहेछ्न् क्यारे यस क्षेत्र बाट । मिल्सिया (नेपाली सेना)को जम्दार ।
हजुर ! उनै जम्दार भ्वाने अचार्ज (आधिकारिक नाम -भवानी शंकर आचार्य) को त्यो बेलामा शान र शक्तिको संस्मरण हजुर आमा र उहाँकै भानिज बालकृष्ण भण्डारीको मुख बाट जे जति सुने यहाँ हरु समक्ष राख्न चाहन्छु । आफूले त बाबुको काखको न्यानो त राम्रो अनुभूति गर्न नपाएकोले जम्दार हजुर बुबाको मुख देख्न पाउने कुरै भएन। धन्न सात वटी हजुर आमा मध्य तीन वटी हजुर आमाको मुख सम्म देखियो भने एउटी हजुर आमाको ९ बर्षको हुँदा सम्म काखको न्यानो समेत पाइयो । हजुर बुबाको केही सामान भने देख्यौं पनि त्यो बेला त्यस्ता अमुल्य सामानको महत्व बुझ्न पाएको भए , खेलौना बनाउने फ्याँक्ने बेच्ने गरिन्थ्यिएन होला । ऐले सम्झेर पछुतो मान्ने बाहेक केही रहेन ।
हजुरबुबाको अति निकट र प्रिय पात्र पनि उहाँकै भानिज बालकृष्ण भण्डारी जीवनको उत्तरार्धमा केही समय (करिब एक बर्ष) हामी सँगै बस्नु भयो । उहाँ पनि मिल्टरी बाट अवकाश प्राप्त हुनु हुन्थ्यो तर पेन्सन भने बुझेको थाह पाइएन । अन्तिम अवस्थामा यहीँ मामाको थलोमा मर्छु , जे गर्न पर्छ तिमी हरुले नै गरि देउ भन्नु हुन्थ्यो । पछि आफ्नो घर फर्किनु पनि भएन । के चोट परेर निस्कनु भएको रहेछ । त्यो त हामीलाई थाहा भएन ।
भलाममा हजुर बुबाले खेत सहित दिनु भएको रहेछ । हजुर बुबाको मरणो परान्त दान दातब्यमा प्रसस्तै सम्पती पाएको थिएँ भन्नु हुन्थ्यो । घोडा र घोडाका सेवक सहित उहाँले नै पाएको पनि उहाँकै मुख बाट सुनाउनु भएको थियो । गोह्रो अग्लो जति बेला पनि हँसिलो अनुहार तर केही कुप्री परि सक्नु भएको थ्यो । तर आफूले भने जस्तो भएन , भनेको मानेनन् भने झट्ट रिसाई हाल्ने स्वभाव थियो उहाँको । सायद त्यही बानीले गर्दा घरमा कुरा नमिलेर हिँडेको हुनु पर्छ ।

म १२/१३ बर्षको हुँ उहाँ त्यसरी आफ्नो घर छोडेर आउँदा । मलाई असाध्यै माया गर्नु हुन्थ्यो । आएको एक हप्ता जति ठूलो बुबाको घरको धन्सारमा बस्नु भयो । दिउँसो जता गए पनि राती मलाई छोड्नु हुँदैन थ्यो ।
कारण थियो उहाँले आफ्नो विगत सुनाउने विश्वास पात्रको । त्यो भाग्यमानी पात्र म नै थिएँ । कहिले आफ्नो विगत सुनाउनु हुन्थ्यो भने कहिले आफ्नो मामा(मेरो हजुर बुबा)को पौरख कत्ति नबिराई क्रमबद्ध रूपमा सुनाउनु हुन्थ्यो । केही रोचक अंश राख्ने प्रयास गर्छु ।

“सानै देखि मामा घरै हुर्केकोले म मामाको साह्रै प्रिय पात्र थिएँ । मामा र माइजू हरूले मलाई हुरुक्कै गर्नु हुन्थ्यो । मेरो बिहे नभैन्जेल प्रायः मामा सँगै बसें । सालना माइजू हरु थपिँदै जान्थे । बाहिरी माइजू पनि छ्न् भनेर माइजू हरूले भन्नु हुन्थ्य्यो यदाकदा । तर मैले देख्ने भेट्ने अवसर भने पाइन । मामा बिते पनि कोही हक दावी गर्न आएनन् ।
• बाहिरी माइजू कहाँ थिए कस्तो अवस्थामा थिए रहस्य मै रह्यो । घर भएका सात माइजु मध्य सबैलाई मिलाई दक्षता अनुसारको काम बिभाजन गरि दिनु भएको थियो । घरमा सबै अनुशासित थिए । मामा आए पछि बच्चा बच्ची रुवाउन पनि नपाइने साह्रै कडा अनुशासन । पानी पँधेरो टाढा भएकोले दुईटी माइजुको काम पानी ल्याउने मात्रै थियो । दुहुना लैना बकेर्ना टुट्दैनथे । घोडाको रेखदेखमा मैले पनि सघाउँथे । भाइ बैनी हरू सानै र माइजू हरूलाई घोडाले टेर्दैन थे पनि । तबेलामा घोडा खाली भएको मैले कहिल्यै थाहा पाइन । कथम कदाचित मरभाग भएमा तुरुन्त बदलामा अर्को आइ हाल्थ्यो । मामा जता गए नि घोडामा नै हो । उ त्यहाँ तबेला थियो ! त्यहाँ गोठ , उहाँ त्यहाँ कचहरी बस्ने ठाउँ । तह अनुसारको भिन्दा भिन्दै बस्ने ठाउँ थियो । कसैले मर्यादा उल्लंघन गर्न पाउँदैन थे ।तर मलाई त्यस्तो परिवन्द क्यै थिएन । कचहरी हुँदा माइजू हरु त्यहाँ आउन पाउँदैनथे । हुक्का तयार भए पछि प्राय: मैले नै ल्याउँथे । आफूले खाने हुक्का र अरुलाई सम्मानार्थ दिने हुक्का पनि अलग अलग थिए । नजिकैका भेला हुँदा भने नली फेरेर एउटै हुक्का पनि खान्थे । मामाले खाने नलीले मैले पनि खान पाउँदैनथे । जग्गा जमिन त कति हो कति ? जता गए नि हाम्रै । खेत भने त्यही भलाम (डाँडा कटेरी)को मात्रै थाहा छ । केही खेत मामा छँदै हामीलाई दिनु भएको हो । मेरो बिहे भए पछि एउटा घोडा पनि दिनु भएको थियो । मेरो बिहेमा पनि मामा कै घोडा चढेको हुँ । जम्दार भ्वानेको भानिज भने पछि सान नै अर्कै । तर मामाको त्यो सान वैभव दैवलाई सैह्य भएन्छ कि भाग भोग नै त्यति नै रहेछ । एकाएक भताभुङ्ग भयो भाइ बहिनी (मेरो बुबा हरु र फुपू हरु )हरू टुहुरा भए । म झनै टुहुरो भएँ । माइजू हरू लाखा पाखा लागे । मेरो धरोहर ढल्यो । मामा एकदम हृष्टपुष्ट हुनुहुन्थ्यो , दिर्घ रोग क्यै थिएन । त्यो दिन त्यस्तै एक टँगालो घाम छँदै फर्किनु भएको थियो रे आउने बित्तिकै हुक्का तयार पार्नु पर्थ्यो । घोडा तबेलामा बाँधेर हुक्का पनि खानु भयो रे एक छिन पछि मुटु खायो मुटु खायो मुटु खायो भन्दै हुनुहुन्थ्यो रे घाम नअस्ताउँदै छोड्नु भएछ । मैले मुखमा पानी हाल्न नि पाइन बाबू मेरो जिन्दगीमा यो भन्दा ठूलो पछुतो क्यै छैन बाबू भनेर भक्कानिनु भयो । टुकीको मधुरो उज्यालोमा बर्र आँसु स्पष्टै देखिन्थ्यो । त्यस पछि टुकी आँफैले निभाउनु भयो र घुप्लुक घोप्टिनु भयो । म पनि उहाँकै खोकिलामा निदाएछु ।
(यस भागको बाँकी अंश अर्को भेटमा )

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग – १४

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४