खेत जोत्ने क्रममा ट्याक्टरले च्यांपेर एकको मृत्यु

जागरणपोस्ट १७ असार २०७७, बुधबार १८:५३

राजविराज – खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी सप्तरीमा बुधबार एक युवाको मृत्यु भएको छ। रातभरि ट्र्याक्टरले खेत जोतिरहेका सप्तरी राजगढ गाउँपालिका–४ का २८ वर्षीय अनीलकुमार मण्डलको दुर्घटनामा परी मृत्यु भएको हो।

खेतको हिलोमा फसेको स १ त ५८७६ नम्बरको ट्र्याक्टर निकाल्ने क्रममा इञ्जिनको भाग माथि फर्किएर चालक मण्डललाई नै च्यापेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्याल सप्तरीका इन्स्पेक्टर बाबुराम कार्कीले बताए।

निकै जनाले भाँडामा खेत जोत्न बोलाएकाले चालक गएपछि गाउँकै मोहम्मद सदिकको खेत रातभरि जोतेर सिध्याउन मण्डल स्वयमले ट्र्याक्टर चलाएका थिए। हिलोमा फसेपछि निकाल्न खोज्दा इञ्जिन र स्टेरिङ्गको भाग माथि फर्किएर उल्टिएपछि चालक मण्डल च्यापिएको उनका दाजु राजेश मण्डलले जानकारी दिए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५