चट्याङ्ग लागेर बारामा दूईजनाको मृत्यु

जागरणपोस्ट १८ असार २०७७, बिहीबार ०९:०४

बारामा बिहीबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। बिहान परेको पानीसँगै खसेको चट्याङले लागेर फेटा गाउँपालिका १ त्रिवेणी गाउँका ३० वर्षिया सिन्दु देवी र ४० वर्षिया सुनरपती देवीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए।

मृतक दुवै जना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेततिर गएको बेला चट्याङले लागेर मृत्यु भएको हो। उनीहरुसँगै खेतमा गएका ५ जना पुरुष पनि घाइते भएको प्रहरी निरीक्षक यादवले बताए।

घाइतेहरु नाम अहिले सम्म खुलेको छैन। उनीहरूलाई उपचारको लागि वीरगन्ज अस्पताल पठाइएको उनले बताए। घाइतेमध्येका एकजनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक यादवले बताए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५