मलेसियाका पूर्वप्रधानमन्त्रीकी पत्नी भ्रष्टाचार आरोपमा पक्राऊ

जागरणपोस्ट २७ चैत्र २०७५, बुधबार १५:०४

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सौर्यशक्ति आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मंगलवार पक्राउ गरिएको छ ।

पक्राउ पर्नुअघि उनलाई सौर्यशक्ति आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको थियो । सोधपुछपछि उनलाई त्यहीँबाट पक्राउ गरिएको थियो । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेशियाको भ्रष्टाचारविरोधी निकायले जनाएको छ । रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई ४ करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिशन मागेको आरोप लगाइएको थियो ।

रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घूससमेत लिएको आरोप लगाइएको थियो । उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिशन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवैजनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् । सौर्यशक्ति आयोजनाबारे आरोप लाग्नुअघि पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्ति शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजना बारेको आरोपमा उनले मलेशियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३ सय विद्यालयमा जोडिएको सौर्य ऊर्जा विनाटेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिशन लिएको आरोप लगाइएको छ । उक्त टेन्डरका लागि पूर्वप्रधानमन्त्रीसमेतको अनुमति रहेको दाबी गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्री नजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उनका मुद्दामाथि गत सातादेखि सुनुवाइ शुरु भएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८