१० बर्ष मैं नेपालको कायापलट गर्न सकिन्छ, तर यी दलबाट सम्भव छैन

जागरणपोस्ट २९ चैत्र २०७५, शुक्रबार १०:३८

डा. अम्बरिस पोख्रेल :

१. देश बिकाश गर्न कुनै एउटा निश्चित प्रकारको ढाचामा टास्सिनु जरुरी छैन भन्ने कुरा बाकी बिस्व हेरे पुग्छ I जस्तै अरबका देशहरु, यूरोपिय देशहरु, ल्याटिन अमेरिकन देशहरु, चिनिया ढाचाको बिकाश र क्युबाली ढाचाको बिकाशले यहि कुरा देखाउने गर्दछ I विकासको लागि कुनै एउटा मात्र अमूक सिद्धान्त हुनु नपर्ने रहेछ ।

२. अब हामीले छिटो भन्दा छिटो हाम्रो नेपाली मौलिक बिकाशको मोडल तयार पार्नु जरुरी छ I त्यो कुनै परम्परागत अर्थात् बनि_बनाउ विशेष सिद्दान्त र रणनीतिमा आधारित हुन् सक्दैन I धेरै प्रकारका अवयहरुको सममिश्रणबाट मात्र त्यो सम्भब छ I के हामी त्यो गर्दै छौ ? अहँ पटक्कै देखिंदैन ।

३. खुसीको कुरा के छ भने, हामीसंग देश र जनताको जिबन स्तर उकास्न प्रयाप्त स्रोतहरु उपलब्ध छन् I तिनीहरुको सहि र उपयुक्त प्रयोग वा दोहन गर्ने शैलीमा हाम्रो बिकाश मोडल बन्नु जरुरी देखिन आउछ, नकि कुनै परम्परागत प्रणाली । जस्तै अहिले नेपालले लतारेको नेपाली गणतन्त्र I

४. त्यसैले नेपालमा हामीले लोकतन्त्रका वा गणतन्त्रका नाममा हुने गरेका जे सुकै कुरा पनि स्वीकार गर्न हुदैन I अहिले हाम्रो देशको कथित लोकतन्त्रमा जे भैरहेको छ, त्यो देश र जनताको द्रिघकालिन हित बिपरित भैरहेको छ I यसका विरुद्ध आवाज चर्को गर्नु आवश्यक भइसकेको छ ।

५. हामी हाम्रो खुसीको लागि यस्तो प्रकारको प्रणालीलाई निर्ममता पुर्बक आबश्यक परे बुटले समेत कुल्चिनु जरुरी छ I कुल्चने बुटहरुको मोडेलहरु ऊपर व्यापक छलफल गरिनु पर्दछ । विकल्प हामी आफैले तयार गर्नु पर्छ । नेपालले प्रयोग गरेको लोकतन्त्र वा आयातित गणतन्त्र नेपालको हितमा छैन वा हित गर्न सक्दैन भन्ने कुरा त स्पष्ट हुँदै छ ।

६. मुठ्ठी भर वा केही हजार वा केही लाख मानिसहरूको लागि हामीले यो व्यवस्थालाई राखी राख्नु अरु करिब तीन करोड नेपालीहरूको खुसि बन्धक राख्नु हो । करोडौंको खुसि लुटेर केही मानिसहरूको लागि यो तंत्र बोकी राख्नु जरुरी छैन । यसलाई नालीमा फ्याक्नु जरुरी भइसकेको छ ।

७. नेपालीहरूको खुसि लुटिनुको मूल्य वा गुणस्तरयुक्त जीवनको लागि अब छिट्टै विकल्प खोजिनु पर्छ । चाहे त्यो जतिसुकै महंगो र निर्मम किन नहोस I जसले हाम्रो देश १०-१५ बर्स मै कायापलट गर्न सकोस् I के त्यो वास्तविक समृद्धि तर्फको कायापलट को तयारी नगर्ने ?

डा. अम्बरिस पोख्रेल जल तथा मौसम विज्ञ हुनुहुन्छ। अर्घाखाँची घर भई हाल जापानमा अध्यापन गराऊँदै आऊनुभएका पोखरेलका नियमित समसामयिक वहसका स्तम्भ जागरणपोस्ट मा नियमित प्रकाशित हुँदैआएका छन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८