अन्धभक्त कार्यकर्ता, छद्नभेषी कम्यूनिष्ट र अग्रगामी छलाङ्ग

जागरणपोस्ट २९ चैत्र २०७५, शुक्रबार १०:५२

जागरणपोस्ट :

लूटेराहरुलाई लूटको लागि नेपाल जत्तिको सुवर्णभूमी सायदै अन्त होला। राजनितिको पुच्छर समाऊंदै गरेका देखि सिंगो टाऊकोसम्मै हालीमुहाली गरिरहेका कार्यकर्ता, मध्यमस्तरका नेता र कथित उच्चस्तरका नेतासम्मले देशलाई लूट्न पाएसम्म कसैले पनि छोड्दारहेनछन भन्नेकुराको पछिल्लो ज्वलन्त प्रकरण हो- बालुवाटार ८ आना जग्गा काण्ड। नेपाल कम्यूनिष्ट पार्टिभित्र औसतरुपमा सादगी र इमान्दार नेताको रुपमा चिनिएका बिष्णु पौडेल सिधै मुछिएर आएको बालुवाटार जग्गा प्रकरणले अब त सोंच्न पनि आवश्यक छैन कि यो देशमा अझै पनि इमान्दारी नेता छन कि भनेर। बालुवाटारमा अवस्थित सरकारी जग्गामा जसरि भू-माफियादेखि लिएर सरकारी अधिकारी अनि राजनैतिक नेताको चलखेल अनि हस्तक्षेप चल्दोरहेछ त भनेर बुझ्न अब त झनै कठिन छैन कि नेकपा भित्रकै एक असल र सहिष्णु नेताको रुपमा परिचित कमरेड बिष्णु पौडेलले पनि आखिर नेपाली चलनचल्तिकै कम्यूनिष्ट शिक्षाबाट लाभान्वित भई उक्त शिक्षालाई भित्र भित्रै प्रयोगमा ल्याएका पनि रहेछन। नेपाली मोडलका कम्यूनिष्ट र तिनले प्राप्त गर्ने नेपाली चल्तीको कम्यूनिष्ट शिक्षा प्राप्त अझै धेरै कथित `सादगी´ कमरेडहरु छोपिएको बदमाशीको पर्दा त बिस्तारै बिस्तारै अझै खुल्दै जाला, तर अहिलेलाई भने यत्ति मात्र भनौं कि यो देश लुटेराहरुको लागि स्वर्गभूमी नै, चाहे जुनसुकै तन्त्रको फेरो समातेर भए पनि राज्यको पहुंचवाला निकायसम्म पहुँच बनाऊँदछन, तिनको लागि यो देश लूट्नको लागि सुवर्णभूमी नै हो र यो देश आखिर लुटेराहरुको मात्र देश हो। सज्जनको लागि यो देश कहिल्ल्यै आफ्नो भएन।

नेपाली मोडलको कम्यूनिष्ट र नेपाली चरित्रको कम्यूनिष्ट शिक्षाको अन्तिम गन्तव्य आखिर `लूट´ नै रहेछ। शव्दमा भ्रष्टाचार, तत्वमा बेईमानी र सारमा महाब्रह्मलूट नेपाली कम्यूनिष्टको चरित्र चरितार्थ हुँदै आईरहेको छ, अझै कति हुनेवाला छ, यसको आँकलन स्वयं कम्यूनिष्ट नेतालाई नै आंकलन नहोला।

नेपालमा गरिव को छ? जनता छन। ती जनतामध्ये यौटा म छु, जसले दिनको १४ घण्टा कडा मिहिनेत गरेर पनि अझैसम्म आमाको मुहारमा मुस्कान ल्याऊन सकेको छैन, बुवाको आधारस्तम्भ बन्न सकिराखेको छैन, श्रीमतिको रहर पूरा गर्न सकिराखेको छैन, छोराछोरीको भविष्यको बारेमा सोंच्न सकेको छैन। मजस्ता लाखौं लाख नागरिक नेपालमा छौं, जो गरिव छौं तर हरिप अर्थात बेईमान भने छैनौं। हामीलाई न त कांग्रेस हुनुछ, न नै कम्यूनिष्ट। न नै हामिलाई धर्मको आवरणमा गुण्डागर्दी गर्नुछ, न नै जातिय र क्षेत्रीय सम्प्रभुता भड्काएर आत्मरति लिनुछ। न नै हामिलाई भाषामाथी राजनिति गर्नुछ, न नै हामिलाई धोती र टोपिको विभेद छुट्ट्याई सत्ता हडप्नुछ। हामिलाई त वस, ईमानको कमाईले बिहानबेलुका आफू र आफ्नो परिवारको हातमुख सन्तोषजनक तरिकाले जोर्न सके धन्य ठान्दछौं र त हामी गरिव छौं, त्यो पनि देश खोक्रो पार्न पल्किएका गद्दार धमिराहरुको नजरमा। हामी हाम्रै आफ्नै नजरमा गरिव अवश्य छौं र त, इमानदार छौं। इज्जतको रोटि खान्छौं र कसैले ऐलेसम्म औंला ठड्याऊने हिम्मतसम्म गर्न सकेको छैन।

अर्काथरि सधैका गरिव, हरिकंगालहरु, जो मानशिक रुपमैं शिथिल छन, परजिवी छन, पराक्रमी छैनन। घृणा, तिरस्कार, अपमान र बेइमानीको कमाईलाई नैं आफ्नो सर्वस्व ठान्दछन। त्यसैमा मान देख्दछन, सम्मान देख्दछन र अहंताले फुल्दछन, त्यस्ता दरिद्रहरु नेपाली राजनितिको टुप्पोदेखि फेंदैसम्म हदैसम्म देखियो। इमानको जिविका गर्ने आम नागरिकले रातदिन श्रापेको एक/ दूइ गास खाएर मस्त डकार्नेहरुले नेपाली राजनिति पुरै छोपेका छन, देश कब्जामा लिएका छन, भाडामा भिड तयार पारेका छन र त्यसै भिडमाझ खोक्रा आदर्शका भाषण छाँटेका छन। अब त शिला पो खोज्नुपर्ला राजनितिभित्र कोहि छ ईमान कि भनेर।

नेता त नेता हुँदैभए। ती नेता नेता नै हुन। नेता नै रहेछन र नेता नै रहिरहनेछन मरणोपरान्तसम्म। धन्न मरेपछि पनि पद र कुर्सी नेताकै नाममा निरन्तर समर्पण गर्ने ब्यवस्था रहेनछ, यति चाहिँ फरक लाग्यो, उन्नत लाग्यो नेपाली राजनितिको चरित्रमा। बल्ल अहिले आएर गर्वबोध भयो कि, नेपाली चरित्रको राजनितिमा यतिकुराको ब्यवस्था चाहिँ रहेनछ। अनि कार्यकर्ता नि?

राजनितिको पुच्छर समात्दै गरेका नेपालका राजनैतिक दलका कार्यकर्ता पनि छोईसाध्य कहाँ छन र? मेरि बास्सै नि ! ज्यान बंचाऊन मुश्किल हुन्छ। अझ पुच्छर समात्दा समात्दै ढाड हुँदै सिंगो टाऊकै अंठ्याऊन पुगेको कार्यकर्तालाई हेर्नुस त, सायद संसार भनेको त्यहिं मान्छे हो र त्यो मान्छे भनेको नै संसार हो।

आजभन्दा ४ बर्षपहिला कोटेश्वरस्थित एक `कार्यकर्ता कमरेड´ जसले राजनितिको पुच्छर हुँदै राजनितिको टाऊकोमा नै हालिमुहाली गर्न भ्याएका थिए, तिनैको घरमा संयोगले होली मनाऊने अवसर जुट्यो। घरको गेट देखि गार्डनको अन्त्यसम्म बियर, ह्विस्कीका सिसासंगै होलीको रंगले रंगिएको उनको आँघन २ वटा हुन्डाई टक्सन, यौटा स्कार्पियो र यौटा बुलेट बाईकले सु- शोभित पनि थियो। होलीको रंगको नशामा डुब्दै गरेका कार्यकर्ता कमरेडलाई अचानक यौटा फोन कल आयो- टक्सन गाडी केही समयको लागि दिनको लागि। त्यो फोन कल अरु कसैको नभएर नेपाली फिल्म क्षेत्रमा कलकलाऊंदै गरेकी एक नौजवान युवतीको रहेछ। कार्यकर्ता कमरेडले कत्ति पनि ढिला नगरि आफ्नो ड्राईवरलाई गाडी छोडिदिएर आऊन भने। गाडी गेटबाट निस्किंदै थियो, कार्यकर्ता कमरेडको मुखबाट फुत्किहाल्यो- आजको होली रंगिन नभएर कहिलेको हुन्छ? हामीले पनि सहजै अन्दाज लगायौं।

खासमा कार्यकर्ता कमरेडले राजनितिको पुच्छर समात्न साह्रै दुख गर्नुभएको रहेछ। जब पुच्छर भेट्नुभो, सोझै ढाडमा टेकेर टाऊकोसम्म आऊनुभएको रे। आज काठमाण्डौका विभिन्न स्थानमा जग्गा, दूईवटा सपिङ्ग मल, काभ्रे, बिराटनगर र भैरहवामा गरेर ५/७ बिघाहा जग्गा छ रे। त्यतिमात्र नभएर नेतालाई समस्या पर्दा कार्यकर्ता कमरेडलाई नै फोन आऊँछ रे, कार्यकर्ता कमरेडले औंलामा त्यो पनि चुट्किभरमा नेतालाई नचाईदिन सक्छन रे ! ४ बर्ष अंघिको होलीकै दिन कार्यकर्ता कमरेडले भनेको कुरा हामी बबुराले सुनेको हो।

अब सहजै अनुमान लगाऔं त यो देश कसको हातमा छ? कसले चलाईराछ राजनितिको मियो? नेतालाई संरक्षण कोबाट छ, कार्यकर्ता संरक्षित कसबाट छन? कोहि किन चुँ गरेर बोल्दैनन त? किनकि राजनितिमा सवैलाई लुट्नुमात्र छ। आम जनताको प्रवाह कसलाई? कार्यकर्ता किन बोल्दैनन, किन अन्धभक्त छन, किन यतिबिघ्न घृणित छन र नेता किन यसरि उम्लिएर पोखिन्छन त भन्ने कुराको अब प्रष्ट जानकारी भैसकेपछि अब अग्रगामी छलाङ्गतिर लागौं।

अन्य देशमा थाहा भएन, नेपालमा चाहिँ अग्रगामी छलाङ्ग भनेको नै भ्रष्टाचार हो। राजनैतिक ईमान, प्रतिष्ठा, निष्ठा, आस्था र सेवाभावलाई थपक्कै तिलस्मी दिएर गरिने परिभाषा अग्रगामी छलाङ्गको अर्थ सोझै भ्रष्टाचार हो। भ्रष्टाचारका पनि अनेकन आयाम छन। सिधै घुस लिएर या रकममा गडबड गरेर मात्र भ्रष्टाचार हुन्न। बालुवाटार जग्गा काण्ड पनि एकप्रकारले भ्रष्टाचार नै हो। नेताले बाचा पूरा नगर्नु पनि भ्रष्टाचार नै हो। जहाँ ईमान र ईज्जतको ख्याल हुन्छ, त्यहाँ भ्रष्टाचार हुँदैहुँदैन। जहाँ के जतिको राज चल्छ, त्यहाँ भ्रष्टाचार नै भ्रष्टाचार हुन्छ, अनेकन रुप, रंग, विधि, प्रविधि, स्वरुप, आचरण र शैलिबाट। नेपाली राजनितिमा अग्रगामी छलाङ्ग कम्यूनिष्टले प्रयोगमा ल्याएता पनि यसको भरपुर फाईदा/ लाभांश कम्यूनिष्टले मात्र हैन, कांग्रेसले पनि उठाएको छ, राप्रपाले पनि उठाएको छ, मधेसवादी दलले पनि उठाएको छ। जब दलका नेताले फाईदा उठाऊँछन भने कार्यकर्ता के हातमा दहि जमाएर बसेका होलान र? दिन दुगुना रात चौगुणा त झन सक्रिय कार्यकर्ताले पो अग्रगामी छलाङ्ग मारेका छन।

माननीय कमरेड बिष्णु पौडेल सोझै मुछिएर आएको बालुवाटार जग्गा काण्डमा हेर्नुभाछ महामाननिय कार्यकर्ता कमरेडज्यूहरुको अचम्मको मौनता? बंचाऊ?? यसलाई भनिन्छ, अग्रगामी छलाङ्ग मार्दै उच्चस्तरको सुधारिएको अन्धभक्तता।

बिचरा गोकुल बाँस्कोटा ! नेताले भलै गल्ती नगरेका होऊन, गोकुल बांस्कोटाको प्रष्टोक्ति सुनेपछि आफैलाई बदल्न बाध्य भईन्छ- नेताले गल्ती गरेका नै रहेछन !

बिजय ज्ञवाली

लेखकद्वारा लिखित अन्य लेखहरु पढ्नको लागि यहाँ क्लिक गर्नुहोस

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८