कुटनीतिका कच्चा खेलाडी

Jagaran Post ३० असार २०७७, मंगलवार २०:२४ सम्पादकीय
सेयर गर्नुहोस्

अन्तत: परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री ओलीले अयोध्याको बिषयमा बोलेको अभिब्यक्तिलाई सच्याऊनुपरेको छ। राजनिति र कुटनीतिमा योभन्दा स्खलित शृङ्गखला अर्थोक के हुनसक्तछ? एकातिर प्रधानमन्त्री मनपरि बोल्दै जाने, अर्कोतर्फ परराष्ट्र मन्त्रालय सच्च्याऊँदै जाने?

प्रधानमन्त्री बोल्नु भनेको देश बोल्नु हो। प्रधानमन्त्रीले क्षमा माग्नु भनेको देशले क्षमा माग्नु हो र कार्यकारी प्रधानमन्त्री हार्नु भनेको देशले हार्नु हो।

के प्रधानमन्त्रीसंग सल्लाहकार छैनन? छन भने राज्यको तलव सुविधा लिएर बसेका ती सल्लाहकारको काम के? प्रधानमन्त्रीका सल्लाहकार समग्र देशको छविलाई प्रतिनिधित्व गर्ने सल्लाहकार हुन। विभिन्न विषयबिज्ञको रुपमा नियुक्त गरिएका सल्लाहकारले आखिर देशहितअनुरुप सल्लाह दिन सक्तैनन भने ति सल्लाहकारको औचित्य नै के?

अर्कोतर्फ, प्रधानमन्त्रीजस्तो पाको र जिम्मेवारयुक्त ब्याक्ति, जो राजनीतिका हरेक खेलमा बाजी मार्दै यो देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन छन, कम्तिमा राजनीति र कुटनीतिको भाषा त आफू स्वयं जान्नुपर्ने पनि हो, उमेर मात्र होईन, ब्यवहारत: खारिएका ब्याक्तिलाई कथित सल्लाहकारको आवश्यकता त नपर्नुपर्ने हो, तैपनि बिधि र ब्यवहारत: प्राप्त सल्लाहकारभन्दा पनि माथी उठेर प्रधानमन्त्रीको विवेकले काम गर्नुपर्ने हो।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली धेरै बिषयमा जानकार छन, तर बेलाबखत उनको बोलीमा असंयमताका कारण बारम्बार विवादमा आऊने पनि गर्दछन। प्रधानमन्त्री ओलीका यस्तै विवादास्पद अभिब्यक्तिले गर्दा पनि नेपाल भारत सम्बन्धमा धेरै हदसम्म चिसोपना आएको हो।

हिन्दु कट्टरपन्थी मोदि सरकार र नेपालको ओली नेतृत्वको बाम सरकारबिच राजनैतिक एवं रणनीतिक मतभेदका बाबजुद पनि यसबिचमा नेपाल- भारत सम्बन्धमा सुधार ल्याऊने कतिपय प्रयास नभएका पनि होईनन। जनकपुरमा मोदिको नागरिक अभिनन्दन, रामायण, बुद्ध सर्किट निर्माणमा साझेदारितालगायत धेरै बिषयमा भारत नेपाल सहयात्राका एजेण्डाहरु तय भएता पनि नेपाल भारत सम्बन्धमा न्यानोपना भने आऊन कहिल्ल्यै सकेन।

भारतसंग सिमा बिबादमात्र होईन, नेपालको राजनीतिमा सोझै माईक्रो म्यानेज्मेन्टको हदसम्म ओर्लिएको भारत पछिल्लो समय नेपालमा स्थिर सरकारको निर्माणसंगै सम्झौतामा आधारित रणनिति तय गर्न बाध्य भएको छ। तर, बेलाबखत नेपालका जिम्मेवार निकायमा रहेका अधिकारीहरुबाट हुने उग्रराष्ट्रवादको प्रदर्शन तथा कच्चा कुटनैतिक प्रस्तुतिले गर्दा नेपाल भारत सम्बन्ध फेरि कतै हस्तक्षेपको तहसम्म ओर्लिने हो कि भन्ने चिन्ता पनि बढेर गएको छ।

लिपुलेक, कालापानी तथा लिम्पियाधुरासहितको भू-भाग समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि उत्पन्न नेपाल भारत तनावका माझ प्रधानमन्त्रीले संसदमा चाईनिज भाइरसभन्दा भारतबाट आएको भाइरस अझ कडा हुँदोरहेछ भनेर बोलिदिए। यसबाट भारतीय समुदायमा ठुलै तरंग ल्याईदियो, भारतीय संचारमाध्यमले प्रधानमन्त्रीको उक्त अभिब्यक्तिलाई `मसालेदार´ बनाएर प्रस्तुत गरे। सिमा बिबादले उत्पन्न नेपाल भारत सम्बन्धमा प्रधानमन्त्रीको उक्त अभिब्यक्तिले भारतलाई थप चिढ्याऊने काम मात्र गर्यो। कुटनैतिक वृत्तमा समेत प्रधानमन्त्रीको उक्त अभिब्यक्तिको आलोचना हुनपुग्यो। प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अन्य देशमाथी यस्ताखालका ब्यङ्ग्य हान्नुभन्दा पहिला प्रधानमन्त्री स्वयंले केहि सोंचेर बोलिदिएको भए अझ ओझिलो बनिन्थ्यो कि?

नेपालको कम्युनिष्ट सरकार चिनियाँ प्रभावमा पर्यो भन्ने भारतीय मिडियाबाजीका माझ फेरि प्रधानमन्त्रीले मलाई भारतले हटाऊन लागीपरेको छ भन्ने अभिब्यक्ति दिएर बिबादमा मुछिए। प्रधानमन्त्रीको उक्त अभिब्यक्तिकै कारण सत्ता समिकरणको खेलमात्र शुरु भएन, परन्तु आफैले नेतृत्व गरेको पार्टिसमेत दुई चिरामा बिभाजन हुनबाट बल्ल बल्ल जोगिएको छ। यद्यपि नेकपाभित्र नेतृत्व बिबाद भुसको आगोझैं सल्किएको छ- जसको एकमात्र कारक प्रधानमन्त्री स्वयं थिए।

नक्सा जारी गरेसंगै वक्तव्यबाजीमा उत्रीएको नेपाल भारत सम्बन्धमा प्रधानमन्त्रीको उक्त अभिब्यक्तिले भारतलाई झनै उत्तेजित बनाऊने काममात्र गरेन द्विदेशिय राजनैतिक एवं कुटनैतिक सम्बन्ध समेत पेचिलो बन्दै गएको छ। भारतीय संचारमाध्यमद्वारा नेपालको सार्वभौमिकता एवं स्वाभिमानमाथी मात्र होईन, प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जोडेर भारतमा अनर्गल प्रचार झुठा प्रचार गर्न थालिएपछि नेपालमा भारतीय न्यूज च्यानलको प्रतिबन्धमाझ फेरि हिजो भानुजयन्तीको अवसरमा प्रम ओलीले अर्को विवादास्पद अभिब्यक्ति दिएर दुई देशबिचको राजनैतिक, धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई झनै खलवल्याऊने काम गरेका छन।

हुनसक्छ, पौराणिक कालमा अयोध्या नेपालकै भुभागमा रहेको होला, यसबिचमा नेपाल भारतबिच कैयन सिमा सम्झौता तथा युद्धहरु पनि भए। विभिन्न सन्धिसम्झौतासंगै भूभागहरु स्थायी रुपमैं भारतको अधिनमा परिसकेका होलान, कतिपय भने समाधानको पर्खाईमा होलान। तर, भारतमा स्थापित भैसकेको यौटा भूमीलाई अतिरन्जनापूर्ण रुपमा हामीहरुले भुलबस बिरगंजको कुनै भुभागमा पर्छ भनेर भनिदिंदा त्यस क्षेत्रको भुराजनीती, रणनीति र कुटनीतिले कुन हदसम्म मात खाला?

के हामी दिनानुदिन कुटनैतिक रुपमैं शिथिल र अयोग्य बन्दै गएका हौं? प्रधानमन्त्रीले जे पनि भनिदिने, अनि परराष्ट्र सच्याईरहने? यस्तो ब्यवहारले देशको कुटनैतिक क्षमतालाई कहाँ पुर्याऊला? नेपालको बारेमा कस्ता धारणा बन्ला विश्व राजनैतिक रंगमंचमा ? नेपालका शाषक र नेताको हैशियत विश्वरंगमंचमा कहाँसम्म पुग्ला?

सामान्य भन्दा सामान्य कुटनैतिक मर्यादाको पनि ख्याल पनि प्रधानमन्त्रीबाट हुँदैन भने त्यस्तो देशको शिर कुन हदसम्म झुकेर जाला?अयोध्या र रामको प्रसंग कोट्याऊनुभन्दा बरु कालापानी लिपुलेकदेखि लिएर कंचनजंघा सिमाक्षेत्रसहित ७३ ठाऊँमा भारतले अतिक्रमण गरेका भूमी फिर्ता ल्याऊने अठोट गरेको भए कति राम्रो हुनेथियो।

फलाम तातेको छ भने घन सहि समयमा सहि स्थानमा नै हिर्काऊनुपर्दछ। नेपाल भारतबिच सुमधुर सम्बन्धको यौटै शर्त हो- कुटनैतिक कौशलता, परिपक्वता, जिम्मेवारीबोध र ब्यवहारिकता। नेपालमा स्थिर र बलियो सरकार भएको बेलामा नेपाल- भारतबिच तमाम बिबादित बिषयमा यतिखेर भारतलाई संवादद्वारा समस्या हल गर्न दवाव दिने हो, बाध्य पार्ने हो।

दूईतिहाईको बलियो र स्थिर सरकार भन्दैमा अहंता र अफवाहले द्विदेशिय मात्र होईन त्रिदेशिय सम्बन्धसमेत दिगो र अर्थपूर्ण हुन सक्तैन। हरेक समस्याको समाधान संवादमार्फत नै हल गर्नु जरुरी हुन्छ।

आफू क्षुव्दो र निर्वल भईयो भने आफ्नो परिवार बलियो भएर मात्र पार लाग्दैन।

संवाद, सहकार्य, आपसी सद्भाव र बिश्वासले नै द्विदेशिय सम्बन्धमा सुधार गर्न सकिन्छ। केहिदिन पहिला गलवान क्षेत्रमा चिनियाँ सैनिकद्वारा २० जना भारतीय सैनिक मारिएको प्रतिशोधस्वरुप अन्य भिडन्त उक्त स्थानमा हुन दिईएको छैन। सिमामा तनाव यौट पाटो हो, बिबाद बिच पनि सहकार्य, संवाद र समाधान त्यो अर्को पाटो हो- जुन कुटनीती पनि हो।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२