नेपालले स्याटलाइट किनेको हो या बनाएको हो? अम्बरिस पोख्रेलको टिप्पणी

जागरणपोस्ट ५ बैशाख २०७६, बिहीबार ०२:५६

अम्बरिस पोख्रेल

१) नेपालले स्याटलाइट आफै अविष्कार गरेको हो वा आफ्नो बुद्दी प्रयोग नगरिकन अरूको प्रविधिलाई केही सस्तो मूल्यमा किनेको हो वा होइन ? अझ भन्नु पर्दा जापनिजको अनुसन्धान केन्द्रबाट किनेको हो ? अझ अगाडि भन्नु पर्दा कारखानाबाट किनेको हो ? पैशा तिरे पछि अन्य सामानहरू जस्तै किन्नु र यो स्याटलाइट पनि केही करोडमा किन्नुमा खास भिन्नता छ वा छैन ? तर आज भोलि स्याटलाइट पनि किन्न पाइन्छ यो सत्य हो ।

२) आज भोलि जुन देशले वा विश्वविद्यालयले बनाउने गर्छन्, तिनीहरूले विशेष योजना अन्तर्गत बिक्रीको लागि पनि निर्माण सुरु गरेका छन् । शायद त्यही अन्तर्गत नेपालले किनेको हो ।

३) सन् २०१४ को अगस्त महिनामा एकजना प्रोफेसरले नेपालको त्रिवि संग पनि मिलेर नयाँ प्रकारको नानो स्याटलाइटको अनुसन्धान तथा निर्माण गर्ने प्रस्ताव गरेका थिए मसँग । नेपालले पनि केही लगानी गर्नु पर्ने, किनभने पछि त्यो दुवै विश्वविद्यालय को संयुक्त स्वामित्वमा ( पेईटेन्ट ) मा रहने प्रस्ताव गरेका थिए । उनी उक्त नानो स्याटलाइट अनुसन्धानका का प्रमुख थिए । प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

४) चार जना त्रिविका शिक्षकहरू र केही नेपाली विद्यार्थीहरू पनि त्यसमा अनुसन्धान तथा विद्यावारिधि गर्ने भनेका थिए । विद्यार्थीको हकमा सम्पूर्ण खर्च उनको विश्वविद्यालय ले नै व्यहोर्ने कुरा थियो । सोही बमोजिम मैले त्रिवि का केही ठूला पदाधिकारीहरुलाई संपर्क गरे । अचम्मको कुरा भयो, कसैले वास्ता पनि गरेनन् बोलीले समेत । कुरा त राम्रो हो तर नेपालले अहिले यो काम गर्न बजेट हुँदैन । यो लफडा छोडौ । बरु अरु सजिला प्रस्तावहरू छन् भने ल्याउनु हाेला । गरौला नी किन नगर्ने । यस्तै यस्तै जवाफ आयो तीन चार जना बाट । म त्रिविसंग सम्बन्धित भएका कारण मैले त्यही त्रिवितिर मात्र ध्यान दिएछु । अरुतिर खास राम्रो संपर्क पनि थिएन ।

५) यसरी सुनौलो प्रकारका अफरहरु आउँदा समेत वास्ता नगर्ने नेपालका विश्वविद्यालय तथा नेपाली अधिकारीहरू के का लागि सधैं व्यस्त रहँदा हुन कुन्नि ? तर हवाई जहाजले समयमा नआउँदा समेत “आफूलाई छोडेर हिँडेको” भनेर उल्टै “कारबाही गर्छु” समेत भन्छन् । कति हचुवा छ नेपाल र नेपालीहरुको हेराइ गराई र भनाइ ।

६) मलाई लाग्छ, यो स्याटलाइट को प्रविधिमा नेपाल वा नेपालीको नाममा कुनै पेईटेन्ट अधिकार छैन । त्यो अधिकार नभएको जुनसुकै यन्त्र कारखानामा उत्पादित विक्री जन्य सामान मात्र हो । जस्तै सामान्य उदाहरण हेरौं । नेपालमा मारुति सुजुकी गाडी मात्र हैन कि करोड माथि पर्ने विदेशी गाडिहरु पनि नेपालमा चल्छन् । अर्थात् नेपालीहरुले प्रयोग गर्छन् । तर ती गाडीहरुको उत्पादनको कारखाना नेपालमा छैन । यसरी नेपालमा गुड्ने ती गाडीहरुमा कति अपनत्व महसुस गर्ने नेपालीहरुले ? बरु अहिलेको यो स्याटलाइट किनेर लन्च गर्दा को अवस्थासम्म नेपालले कति करोड खर्च गरेको छ ? त्यो चाहिँ चासोको बिषय हो । यसको हिसाब पारदर्शि गरियो भने भविष्यको लागि पनि उपयुक्त हुन्छ । स्वर्णिम वाग्ले योजना आयोगमा छदा यो योजना अगाडि बढेको थियो र बजेटको व्यवस्था पनि गरिएको थियो । अहिले आएर यन्त्र नै कार्यावन भएको छ । राम्रो कुरा हो । यसको प्रयोगको सीमितता धेरै हुँदा हुँदै पनि नेपालले कति गर्न सक्छ वा सक्दैन आउने दिनहरुमा देखिने नै छ ।

(समसामयिक विषयहरुमा प्राध्यापक डा. अम्बरिस पोख्रेलका रोचक टिप्पणिहरु जागरणपोस्टमा नियमित प्रकाशित हुँदै आईरहेका छन)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८