सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

जागरणपोस्ट ९ श्रावण २०७७, शुक्रबार २१:५६

काठमाडौं : प्रेस काउन्सिल नेपालले कोभिड– १९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।

काउन्सिलद्वारा यहाँ आज आयोजित महामारीमा स्वास्थ्यअन्तर्गत ‘मिडियामा रिपोटिङ र पेशागत आचारसंहिता मिडिया संवाद’ कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्य क्षेत्र र स्वास्थ्य बिट हेर्ने पत्रकारबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले नागरिकस्तरमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रको धेरै महत्व हुने उल्लेख गर्दै आफ्नो ज्यान जोखिममा राखेर पत्रकारले सूचना दिने, स्वास्थ्यकर्मीले उपचार गर्ने र सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने हुँदा यी तीनबीचको तालमेल मिल्न आवश्यक रहेको छ, भने ।

पछिल्लो समयमा सामाजिक सञ्चालनको चरम दुरुपयोग भइरहेको बताउँदै उनले त्यसको सही प्रयोग गर्न र दुरुपयोग रोक्न सबैको उत्तिकै भूमिका हुने धारणा व्यक्त गरे ।

काउन्सिलका बोर्ड सदस्यद्वय खिलबहादुर भण्डारी र ईश्वरीप्रसाद ओझाले आगामी दिनमा स्वास्थ्यकर्मी र स्वास्थ्य बिटमा लेख्ने पत्रकारबीच सातै प्रदेशमा छलफल गरिने जानकारी दिँदै कस्तो समाचार सम्प्रेषण गर्नेबारे मिडिया र पत्रकार स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले सार्वजनिक स्वास्थ्य र मेडिकल जर्नालिस्टबीच एकले अर्कोलाई आरो लगाउनुभन्दा पनि समन्वय गर्नुपर्ने बताए । मानसिक रोग विशेषज्ञ डा रितेश थापाले हेल्थबिटमा रिपोटिङ गर्दा छुट्टै गाइडलाइनको आवश्यकता पर्ने बताए ।

मानसिक रोग विशेषज्ञ डा. केदार मरहठ्ठाले स्वास्थ रिपोटिङले पब्लिकमा पार्ने असरबारे प्रस्तुति दिदै पत्रकारिताका माध्यमबाट मानिसको जीवन बचाउन पत्रकारको अह्म भूमिका हुने बताए । मनोचिकित्सक सङ्घ नेपालका अध्यक्ष डा सुदर्शन प्रधानले आत्महत्याको समाचार दिनुभन्दा पनि आत्महत्या कसरी रोख्न सकिन्छ भन्ने समाचार लेख्नुपर्ने आवश्यकता औंल्याए ।

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं आचारसंहिता अनुगमन समिति (विद्युतीय)का सचिव रामशरण बोहराले पछिल्लो समय पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने १०१ वटा अनलाइनलाई नेपालभित्र सञ्चालन नहुने गरी बन्द गरिएको जानकारी दिए ।

उनले कोभिडकै सन्दर्भमा १४१ वटा सामग्री आचारसंहिताविपरीत आएको र त्यसमा ९० प्रतिशत स्वास्थ्यकै भएको जानकारी दिए । उनले १४१ वटा सामग्रीमा १३० स्वास्थ्यसम्बन्धी सामग्री नै आचारसंहिता प्रतिकूल रहेको बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६