बुटवलको रामापिथेकस र हाम्रो जब्बर ज्ञान

जागरणपोस्ट ५ बैशाख २०७६, बिहीबार १४:१४

बिकाश बस्नेत :
बुटवलमा भेटिएको दांत/बंगारा करिब १ करोड बर्ष अगाडीको मानव पूर्खा रामापिथेकसको हो । हाम्रो पाठ्यपुस्तकले अझै सुगा रटाइरहेका छन । हाम्रा ‘भूमि पुत्र’ भन्दैछन -ई देखिस हामी कति पुराना हौँ ।

करिब सय वर्ष अगाडी भारतको शिवालिक पर्वतमा भेटिएको फोसिललाई आधार मानेर त्यो अबशेष मानव पूर्खा (Hominid) हुन सक्ने भनी व्याख्या गरियो । त्यसको नाम रामापिथेकस राखियो ।

दुई खुट्टा टेकेर हिंडडुल गर्न सक्ने त्यो आदिम मानव प्रजातीलाई हामी हामी हाम्रो पूर्खाको आरम्भ बिन्दु मान्छौं । यहि लाइनमा क्रमबिकास भएका एक भन्दा बढी मानव प्रजाती मात्रै मानव पूर्खा (hominid) हुन ।
तर रामापिथेकस मानव पूर्खा (Hominid) हैन भनी प्रमाणित भएको जुग बित्यो । बरु यो अहिले इन्डोनेशियामा पाइने ओराङओटानको पूर्वज हो भनी पुष्टि भइसक्यो । यस प्रजातिसंग हाम्रो पूर्खाको पुर्ख्यौली लाइन छुट्टिएको करिब १ करोड ४० लाख बर्ष अगाडी नै हो ।

पहिलो पटक अफ्रिका छाडेर युरेशिया छिरेको मानव पूर्खा (Hominid)
होमो ह्याबिलस र होमो इरेक्टस हो । त्यो पनि करिब २०/२५ लाख बर्ष अगाडी मात्रै !
पाकिस्तानको साल्ट रेन्ज र भारतको शिवालिकमा यीनको सबैभन्दा पूरानो अबशेष २० लाख बर्ष अगाडिको हो ।
हामी अझै रामापिथेकस रटेर बसेका छौँ ! हाम्रा मानवशास्त्री, जीव बैज्ञानिक , पढन्ते सबका सब सुतेका छन ।
म एक्लैले कतितिर भ्याउनु?

बिकाश बस्नेत
Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५