लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग

जागरणपोस्ट १२ श्रावण २०७७, सोमबार १३:२८

बुटवल : पश्चिम नवलपरासीका उखु किसानहरुले भुक्तानी दिन अटेरी गर्ने लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग गरेका छन् ।

उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेको किसानहरुको टोलीले ३ वर्ष अघिदेखिको भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक श्रेया अग्रवाल र लेखा प्रमुख कुशप्रसाद सुवेदीविरुद्ध ठगी मुद्दा चलाउन माग गरेको हो ।

जिल्लामा रहेका ३ उद्योगमध्ये लुम्बिनी र इन्दिरा चिनी उद्योगले १८ करोड रुपैयां भुक्तानी गर्न बाँकी रहेको कृषक समितिका अध्यक्ष यादवले बताउनुभयो । ती दुई उद्योगले उखु क्रसिङ सिजन ०७४/०७५ देखि ०७६/०७७ सम्मको कुल १८ करोड भुक्तानी गर्न बांकी छ ।

जसमा इन्दिराको ८ करोड र लुम्बिनीको १० करोड छ । ठगी मुद्दा दर्ता नभए हप्ता दिनपछि राजमार्ग बन्द गरेर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् । बागमतीको गतवर्षको मात्र केही रकम भुक्तानी बाँकी छ ।

इन्दिराले केही दिनमा भुक्तानी गर्ने जनाएपनि लुम्बिनीका सञ्चालक सम्पर्कमा नआएकाले मुद्दा दर्ता हुनुपर्ने उनीहरुको माग छ । मुद्दा दर्ता गर्न प्रहरी कार्यालय जानु अघि किसानहरुले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसंग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रजिअ पाठकले आवश्यक कानुनी परामर्शपछि मात्र मुद्दा प्रकृया अघि बढाउने जनाउंदै ठगी सम्बन्धिको निवदेन आफैले राख्नुभएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८