जातिय विद्वेषको राजनीतिले कमजोर बन्दै लाट्भिया

जागरणपोस्ट ६ बैशाख २०७६, शुक्रबार ०८:४६

जिबा लामिछाने:

ईस्टोनिया र लिथ्वानियाजस्तै लाट्भियाको पनि छिमेकी राष्ट्र रुससँग सहज सम्बन्ध छैन । सन् २००४ देखि लाट्भियाले युरोपियन युनियन र नाटो सन्धि संगठनमा प्रवेश गरेपछि त यो सम्बन्ध अझै चिसिन पुगेको छ । लाट्भियनहरु रुसलाई अझै साम्राज्यवादी देशकै कोटिमा राखेर हेर्ने गर्छन् । छिमेकी देश नेपाल, पाकिस्तान, श्रीलंका, भूटान, बंगलादेश लगायतसंग गर्ने व्यवहारका कारण जसरी भारत आलोचित छ, उसैगरी युक्रेन, जजिर्या र छिमेकका ससाना गणराज्यहरुसँग रुसको सम्बन्ध पनि उस्तै छ । मेरो सानो छोरा यसलाई सबैतिर देखिने ‘स्मल कन्ट्री सिन्ड्रोम’ भन्ने नाम दिएर मलाई जिस्काउदै थियो ।

तर यहाँ चाहिँ सम्बन्ध चिसिनुमा साना देशहरुको ब्यबहारमा नै केहि खोट भए झैँ लाग्यो । स्टालिनको समयमा भएका ज्यादतीलाई कारण बनाएर रुस र रुसी जनतासँग अहिले दुश्मनी गर्नु कति उचित हो ? यो त पोहोर मरिन सासु, अहिले आए आँसु भन्ने नेपाली उखान जस्तै भयो । आखिर स्टालिनको त्यो क्रूर शासनकालमा रुस आफैं पनि पीडित एक संघिय गणराज्य थियो । इतिहासको कुनै कालखण्डमा भएका गल्तीको सजाय अहिलेका निर्दोष पुस्ताले भोग्नु जरुरी छैन । खाटा बसिसकेको घाउ कोट्याएर सिंगो देशसँग वैरभाव राख्ने हो भने कुनै जमानामा प्राय: संसारभरिका मानिसहरुलाई दास बनाएर एकछत्र शासन गर्ने बेलायत, स्पेन,पोर्चुगल,फ्रान्स जस्ता देशको हालत अहिले के हुन्थ्यो होला ? अमेरिकाले जापानमा बम हानेर देश तहसनहस बनाइदियो । जनधनको क्षति हिसाव गरेर साध्य छैन । तर तिनै जापानी अमेरिकीले बनाइदिएको संविधान शिरमा राखेर देशको श्रीवृद्धिमा दिनरात नभनी विकासलाई अन्तरीक्षदेखि समुद्रको पिँधसम्म पुर्‍याइरहेका छन् ।

लाट्भियनहरुले अन्य भाषा बोल्ने आफ्ना नागरिकलाई गर्ने ब्यबहार उदेक लाग्दो छ ! लाट्भियन भाषा लेख्न नसक्ने आफ्ना तिन लाख बिस हजार रुसी, बेलारुसी, युक्रेनी र पोलिश मूलका नागरिकहरुलाई सोभियत संघको बिसर्जन भएको २२ वर्ष बितिसक्दा पनि लाट्भियाको अनागरिक दर्जा दिएर राखेका छन । रुसी लगायत अन्य भाषा बोल्ने यहाँका नागरिकहरुले लाट्भियाको नागरिकता प्राप्त गर्न लाट्भियन भाषाको परीक्षा अनिवार्य गरिएको छ । सोभियत संघ हुँदा रुसी भाषा राष्ट्र भाषा भएकाले पुरानो पुस्ताका मानिसहरुले लाट्भियन भाषा जान्नु आवश्यक थिएन । तीन पटकसम्म लाट्भियन भाषाको परीक्षा पास गर्न नसक्नेहरुलाई सधैँका लागि अनागरिक (नन–सिटिजन्स अफ लाटभिया) भन्ने कार्ड भिराइन्छ । सो कार्ड पाउने मानिसहरुले लाट्भियामा बस्न पाउने भएता पनि मताधिकार र युरोप आदि देशहरुमा लाट्भियनहरुझैँ स्वतन्त्र घुमफिर गर्न भने नपाउने रहेछन ।

लाट्भियाको कुल जनसंख्याको झन्डै एक तिहाई रसियन भाषा बोल्ने नागरिक भएपनि सन् २००४ देखि सबै विद्यालयहरुमा रसियन भाषा पढाउन प्रतिबन्ध लगाइएको छ । मानव अधिकारको राग अलापेर नथाक्ने युरोपियन युनियनका राष्ट्रहरु आफ्नो एक सदस्य राष्ट्रले आफ्नै नागरिकहरुप्रति गरिरहेको यो विभेदकारी र अन्यायपूर्ण कानुनलाई मुकदर्शक भएर हेरिरहेका छन । अल्पविकसित देशहरुमा मानवअधिकारको लाठे रोपाइँ गर्ने युरोपेलीहरु लात्भियाको विषयमा बत्तीमुनिको अँध्यारोको व्यवहार देखाइरहेका छन् ।

अरु भाषा बोल्ने आफ्नै नागरिकलाई यस्तो विभेद गरे पनि लाट्भियन मूलका गैरआवासीय नागरिकलाई भने उनीहरु निक्कै सम्मान गर्दा रहेछन् । लाट्भियन मूलकी क्यानेडियन नागरिक भाईरा भाईक फ्रेईबेर्गालाई लाट्भियाको संसद सेईंमले दुई पदावधिसम्म (सन् १९९९ देखि २००७) राष्ट्रप्रमुख बनाएको थियो ।

रिगा एयरपोर्टबाट होटेलसम्म आउँदा चढेको ट्याक्सी ड्राइभर लाटिस युवकसँग मैले यस विषयमा केही बेर बहस गरेँ । उसको तर्क थियो– हाम्रो देशको नागरिक हुने हो भने यहाँको भाषा नजानी कसरी ऊ यहाँको नागरिक बन्न सक्छ ? अर्को कुरा रसियनहरु बिस्तारबादी भएकोले हामी उनीहरुलाई मन पराउदैनौं ।

के कारणले हो बुझ्न सकिनँ, यहाँको स्थानीय मुद्रा ‘लाट’ स्टर्लिङ पाउण्डभन्दा पनि भारी रहेछ । युएस डलरसँग तुलना गर्दा दोब्बरभन्दा पनि महँगो । एयरपोर्टमा १०० डलर साट्दा ४६ लाट हात पर्‍यो । आम मानिसहरुको औसत आय त्यति माथि नरहे पनि हरेक वस्तुको बजार भाउ चाहिँ चर्कै जस्तो लाग्यो । पेट्रोल प्रति लिटर २ डलर पर्दो रहेछ । रुसमा भन्दा ठीक दोब्बर ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६