ब्रेकिङ न्युज:

मेरो जागरण मेरो जीवन भाग -१८ (कोखामा आँखा)

जागरणपोस्ट ८ बैशाख २०७६, आईतवार ०४:५१

म त्यस्तै १४/१५ बर्षको थिएँ । कक्षा ८ मा पढ्दै थिएँ । मेरो घरको २ कि मि को दुरीमा एउटा सानो गुरुङ बस्ति थियो ( अहिले त्यस्तो छैन सबै मिसमास छ ) ५/६ मात्र घर थिए गुरुङ्गका । उनी हरु पनि नजिकैको गाउँ बाट बसाई सरेर आएका हुन् । प्राय सबै लाहुरे खानदानका । हाम्रो निकै हेल मेल थियो ऐचो पैचो मेलापात सबै हाम्रै समुदाय सँग हुन्थ्यो । त्यसमा पनि १/२ घर अझ विशेष थिए । एक जना रिटाएर लाहुरे बा निकै फुर्तिला एबम सहयोगी पनि थिए । म प्राय गै रहन्थे ,मलाई औधी माया पनि गर्थे र भन्थे यो बाउनको कोखामा आँखा छन् । मलाई निकै छटपटि हुन्थ्यो । आमा सँग धेरै पटक जिज्ञासा पनि राखें आमा हाँसेर टार्नु हुन्थ्यो ।

असारको मैना थियो २/३ दिन देखि पानी परेको थिएन निकै गर्मी थियो । लाहुरे बा’को धानको रोपाई थियो त्यो दिन । गर्मीले सबै छटपटीएका थिए म बाउसेको भूमिकामा थिएँ । अरु ५ /७ जना थिए बाउसे ,हली पनि त्यही छिमेकी बिश्वकर्मा थरका थिए ,मेरो मामा घरको नजिकको हुनाले मैले मामा भनेर सम्बोधन गर्थें ।दिउँसो त्यस्तै २ बजेको हुँदो हो सबै आ-आफ्नो धुनमा काम गर्दै थिए । कोही खेताली सँग जुवारी खेल्दै थिए । यसै त गर्मी त्यहीं माथि थकाईले आक्रमण गरि सकेको थियो ।अरु बाउसे सितलमा घरि घरि गै रहन्थे । म लगातार लागिरहन्थे । गर्मी बढ्दा सर्प प्वाल बाहिर आएर खैला बैला पनि मचिन्थ्यो । यस्तैमा कामकै शिलशिलामा मेरो र हली मामाको बिहानै देखि ठाकठुक चलेको थियो ।

म अलि दुब्लो पातलो उ अलि हट्टाकट्टा खाइलाग्दा थिए , मेरो दुब्लो पनको साह्रै उपहास गरि हेप्न थालेसी मेरो पुर्पुरो यसै त घामले तातेको त्यैं माथी झन तात्यो आँखा देखिन , के भयो भयो उसैको
गोरु खेद्ने लौरो थुतें र दुवै पिडुलामा पर्ने गरि सुम्ल्याएँ र लौरो खोला तिर सुइक्याई दिए

यति गर्न २ सेकेन्ड पनि लागेन होला । हली मामा ऐया भनेर थचक्कै आलीमा बसे ।गोरु तर्सेर भागे । खैलाबैला भयो । म पर सितलमा गएँ । सबै आ-आफ्नै धुनमा भएकाले कसैले पनि मैले सुम्ल्याएको देखेका रहेन्छन् धन्न । सबैले सोचेछन् सर्पले हलीलाई डस्यो । हली मामा दुखाई भन्दा नखरा बढी गरे जस्तो लाग्छ मलाई । एकदुई जनाले हली मामालाई हस्पिटल लैजानू पर्छ भनेर लिएर गए । मामाले मुख खोलेनन् मैले हानेको भनेर ,सायद आफुभन्दा सानोले हान्यो भन्दा लाजको डरले होला । बाकि सबै जम्मा भए र मलाई खोई त सर्प भनेर सोधे ,मैले सुईक्याई दिएँ खोलामा भन्दिए । सबैले जिब्रो काटे ,गुरुङसेनी आमाहरुले स्याई बाबु स्याई भने , लाहुरे बा आएर स्याबास भन्दै , मैले त्यसै भन्छु यो ” केटाको कोखामा आँखा छ भनेर ..” आफूलाई भने कता कता डर कता कता पश्चाताप लागिरहेको थियो …।

यो पनि पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग १७ ( भाईको मलामी)

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।
साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४