पर्सामा थप ६४ जनाका कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट १७ श्रावण २०७७, शनिबार ०८:३२

पर्सा : पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन् । यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी दिए ।

संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा. उपाध्यायले बताए। संक्रमितमध्ये तीनजना महिला हुन् । पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का रहेकानारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहले जानकारी दिए । ती वडामा पनि बढी संक्रमित वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ ।

नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहका अनुसार संक्रमितमध्ये केहीमा लक्षण पनि देखिएको छ । कोभिड अस्पतालको आइसोलेसन यसअघि नै भरिएकाले नयाँ संक्रमितहरुलाई राख्ने ठाउँ नभएको डा. सिंहले बताए। लक्षण नदेखिएका संक्रमितलाई भने होम आइसोलेसनमा नै राख्ने तयारी भइरहेको नारायणी अस्पतालले जनाएको छ ।

तर, होम आइसोलेसनमा राखिएका संक्रमितहरु घरबाहिर हिँड्ने, नजिकका पसलहरुमा पनि जाने र छिमेकीहरुलाई आफू संक्रमित नभएको झुटो कुरा भन्दै बाहिर निस्किदिने गर्नाले समुदायमा अझ कोरोनाको जोखिम बढ्ने सम्भावना रहेको स्थानीयको गुनासो छ ।

यस्तै, नारायणी अस्पतालको क्वार्टरभित्रका केही संक्रमितले पनि अटेर गरी बाहिर निस्किदिंदा अस्पतालको क्वाटरमा बस्दै आएका अन्यमा समेत संक्रमण सर्ने खतरा बढेर गएको संक्रमित नभएकाहरुको गुनासो छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६