श्रीलंकामा कर्फ्यू आदेश जारी

जागरणपोस्ट ८ बैशाख २०७६, आईतवार १४:५२

कोलोम्बो : श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलावद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

विस्फोटका कारण देशभर आतङ्क फैलिएपछि श्रीलङ्काको मन्त्री परिषद् बैठक बसेको र अवाञ्छित थप घटना हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरिएको सरकारले जनाएको छ।

आइतबार भएका आक्रमणमा करिब ३० जना विदेशी नागरिकसहित २०७ जनाको मृत्यु भएको र ४५० व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे। उनले दिनभर देशका विभिन्न ८ स्थानमा शक्तिशाली विस्फोट भएका बताए।

प्रहरीका अनुसार ६ वटा विष्फोटका घटना आइतबार विहानै भएका थिए भने दुईवटा विष्फोट दिउसोको समयमा भएका थिए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५