वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट २५ श्रावण २०७७, आईतवार १२:०७

वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये १५ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्। वीरगञ्ज महानगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण महतो, महानगरको वारुण यन्त्रमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, संक्रमण देखिनेहरुमा ९ जना प्रहरीसमेत रहेका छन्। स्वेच्छाले पैसा तिरेर जाँच गराएका ११ जनामा पनि कोरोना संक्रमण देखिएको छ।७५ जना संक्रमित मध्ये उपचार नपाएर ज्यान गुमाएकी युवती पनि रहेकी छिन्।

यस्तै, नारायणी अस्पतालका दुईजना स्वास्थ्यकर्मी, महानगरको बेल्वा टोलका एक स्वास्थयकर्मी, पर्साको पकहा मैनपुर गाउँपालिकाका एक स्वास्थयकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८