पर्सा जिल्लामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट २६ श्रावण २०७७, सोमबार १०:०२

वीरगन्ज : वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासका कर्मचारी र नेपाल प्रहरी सहित पर्सा जिल्लामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति आएको रिपोर्ट अनुसार वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासका ३५ वर्षीय पुरुष कर्मचारी १ जना तथा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी कर्मचारी सहित पर्साको विभिन्न स्थानीय निकाय एवं बारा तथा रौटहट जिल्लाको नागरिक सहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमा १५ जना महिला रहेका छन् भने ६० जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा वीरगन्ज महानगरपालिकाका वडा नं. ३, ६, ७, ८, १०, ११, १२, १३, १५, १६, १७, २१ तथा २४ का नागरिकहरु रहेका छन् भने पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका ३ जना, पटेर्वासुगौली गाउँपालिकाका १ जना, जिराभवानी गाउँपालिकाका १ जना, पकहामैनपुर गाउँपालिकाका २ जना, अमरपट्टिका ३ जना, बारा जिल्लाको कलैया नगरपालिकाका १ जना, परवानीपुरका १ जना, फेटाका १ जना तथा सर्लाहीका १ जना रहेका छन् ।

संक्रमति हुने महिला तथा पुरुषहरु ६८ वर्ष उमेर समूहका रहेका छन् । पर्सा जिल्लामा पिसिआर परीक्षणको दायरा बढाएसँगै संक्रमण पुष्टि हुनेहरुको संख्यामा वृद्धि भएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८