रुरु गाऊँपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

जागरणपोस्ट १२ बैशाख २०७६, बिहीबार १२:५२

रुरु, गुल्मी : गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चित समयको लागि बन्द भएका छन् । सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु बन्द गराएका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी निजि विद्यालयमा भर्ना गराएको विरोधमा सामुदायिक विद्यालयहरु बन्द गराइएको अनेरास्ववियु (क्रान्तिकारी) रुरु गाउँपालिकाका विद्यार्थी नेता बालेन श्रेष्ठले जानकारी दिए । भर्ना अभियानमा संलग्न जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालय छोडेर निजि विद्यालयमा भर्ना गराउनु शैक्षिक क्षेत्रमा दुखद् पक्ष भएको विद्यार्थी संगठनहरुले जनाएका छन् । ‘एकातर्फ सार्वजनिक कार्यक्रमहरुमा सामुदायिक विद्यालयको गुणगान गाउदैँ हिड्ने, अर्कोतर्फ आफ्नै छोराछोरी सामुदायिक विद्यालय छोडेर निजिमा भर्ना गराउने ?’ श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डेले भने, ‘जनप्रतिनिधी र कर्मचारीको यो कार्यले विद्यार्थी र समुदायको भलो गर्दैन ।’

त्यसका साथै उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा फिर्ता नगरे आफुहरुको आन्दोलन जारी रहने पाण्डेले जानकारी दिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी संगठनले यस्तो कार्य बन्द गर्न भन्दै वैशाख ९ गते सोमबार गाउँपालिकाको शिक्षा शाखामार्फत ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सोहि पत्रमार्फत यदि विद्यार्थी संगठनहरुको आग्रहलाई वेवास्ता गरे गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएका थिए । सोहिअनुरुप बिहिबार सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिएको स्ववियु सभापति पाण्डेले बताए ।

यससम्बन्धमा रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले समस्याको समाधान खोज्ने पहल भइरहेको बताएका छन् । केहि कानुनी जटिलताले गर्दा विद्यार्थी संगठनहरुले भनेजस्तै गर्न नसकिएको उनको भनाई छ । त्यसका साथै गाउँपालिकाले निजि विद्यालयमा भर्ना गराउने जनप्रतिनिधी र कर्मचारीहरु पहिचान गरि आवश्यक निर्णय गर्ने पनि उनले जानकारी दिए । रुरु गाउँपालिकामा ४९ सामुदायिक र चार निजि गरी कुल ५३ विद्यालय रहेका छन् ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५