काठमाण्डौ : विग मर्जरको बहस चलिरहेको बेला ठूला बैंकहरु समेत यसतर्फ सकारात्मक देखिएका छन् । तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनीहरुको भनाई छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जर जाने बैंहरुलाई कर छुटको सुविधा दिन माग गरेका छन्।
व्यवस्थापन संघको पूर्व बजेट छलफल कार्यक्रममा अध्यक्ष ढुंगानाले ठूलो आकारका बैंक तथा वित्तीय संस्थाहरु पनि मर्जमा जान सक्ने अवस्था रहेको बताउँदै त्यसका लागि आयकरमा छुट दिनुपर्ने बताए। यस्तो व्यवस्था आगामी बजेट माफर्त गनुपर्ने उनको भनाई थियो । साथै उनले आयकरको दर परिवर्तन गर्न समेत आग्रह गरे ।
पछिल्लो समयमा राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको मर्जरमा चासो देखाइरहेको समयमा बैंकर्स संघबाट यस्तो सुझाब आएको हो । साथै उनले आगामी बजेटमा रियल स्टेटलाई केही खुकुलो गर्न सुझाव समेत दिए ।