वीरगन्जमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी

जागरणपोस्ट २७ श्रावण २०७७, मंगलवार १०:०१

वीरगन्ज : वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएका अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमितहरु चारजना बाराका र ६६ जना पर्साका विभिन्‍न वडाका छन् ।

संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेको उपाध्यायले जानकारी दिए । नेसनल मेडिकल कलेजका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८