कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बुधबार राति प्रेसरकुकर बम भेटिएको छ । भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
अनुसार बमछेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको र पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाले जानकारी दिए । थापाले भने, “बम बिहानै सेनाको टोलीले निष्क्रिय पारेको छ, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।”