वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट ३१ श्रावण २०७७, शनिबार १३:४७

वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राति गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमण देखिनेहरुमा पर्सा जिल्लाका २१ जना र बाराका २ जना रहेका छन् ।

संक्रमण देखिनेमा उच्च सरकारी वकिल कार्यालयका एक जना खरिदार पनि रहेका छन् ।

वीरगञ्जमा रहेका संक्रमितहरुलाई खाना खुवाउने जिम्मा लिएको हिमाल भान्छा घरका एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाको मााईस्थान, छपकैया, भिस्वा, लक्ष्मणवा, राधेमाई, भवानीपुर लगायतका टोलहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै पर्साको पर्सागढी नगरपालिका ८ मा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी वयोधा हस्पिटल वीरगञ्जका एक जना हाउस किपिङ स्टाफ र एक जना क्यान्टिनमा कार्यरत स्टाफसहित दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया र जितपुर सिमरा उप महानगरपालिकामा रहेको बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८