पर्सामा थप ३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार पनि कोरोना संक्रमित भएका छन् ।
त्यस्तै, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पनि कोरोना संक्रमित भेटिएका छन् ।
यसअघि २६ साउनमा त्यहाँका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तीमध्ये ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरिया अस्पतालमा ४ डाक्टर र ३ नर्स पनि संक्रमित भेटिएका छन् ।