निषेधाज्ञा कडा बनाउन वीरगन्जमा सेना परिचालन

जागरणपोस्ट १ भाद्र २०७७, सोमबार ०८:१८

पर्सा : कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा लागू भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

मास टेस्टिङ्ग तथा एक घर एक पिसिआर परीक्षण अभियानलाई अगाडि बढाएसँगै पर्सामा धमाधाम कोरोना संक्रमण पुष्टि हुन थालेपछि साउन १० देखि वीरगन्ज महानगरपालिकाभित्र लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि जिल्लाभरि नै कोरोना संक्रमितहरु बढ्न थालेपछि साउन १८ गतेदेखि पर्सा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमितको संख्या लगातार बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आइतबार बिहानदेखि भदौ १३ गतेको लागि नेपाली सेना परिचालन हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ करिब ६ बजे आधारिक फेसबुक पेज मार्फत् सूचना सार्वजनिक गर्दै साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्मका लागि सेना परिचालनसहितको निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेका सूचनामा कोरोना रोकथाम नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन हुने गरि निषेधाज्ञा आदेश जारी गरिएको भन्ने उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ६ बजे सूचना जारी गरे पनि नेपाली सेना भने दिउँसो करिब २ बजेदेखि नै परिचालित छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८