ओभरटाइम कामले लियो २७० को ज्यान

जागरणपोस्ट १६ बैशाख २०७६, सोमबार ०४:४३

जकार्ता, इन्डोनेसिया : इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७० जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् ।

बीबीसीका अनुसार इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता एरिफ पि्रयो सुसान्तोका अनुसार १८ सय ७८ कर्मचारी बिरामी छन् । अप्रिल १७ मा सम्पन्न निर्वाचनको मतगणना र रेखदेखका लागि ७० लाख मानिस खटिएका थिए।

कर्मचारीहरूको मृत्यु हुनुको कारण गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु रहेको बताइएको छ । अधिकारीहरूका अनुसार यी कारणले कर्मचारीमा शारीरिक समस्या देखा परेको थियो । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा चुनाव प्रक्रियामा हुने खर्च कम गर्नका लागि एकैसाथ विभिन्न निर्वाचन गराइएको बीबीसीले जनाएको छ । त्यस्तै करिब १९ करोड ३० लाख मतदाता रहेको यो मुलुकमा चुनाव क्रममा ८० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन आयोगका अनुसार मुलुकभर ८ लाख मतदान केन्द्र राखिएका थिए ।

इन्डोनिसया चुनावी प्रक्रियाका लागि अधिकांश अस्थायी कर्मचारीको नियुक्ति गरिएको थियो । नियुक्तिका क्रममा सरकारी कर्मचारी सरह तिनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन । प्रवक्ताले भने, ‘चुनाव प्रक्रियामा खटिएका २७२ कर्मचारीको मृत्यु ओभरटाइम काम गर्दा भएको हो । तिनीहरूमध्ये अधिकांश काम गर्दागर्दै बिरामी भएका थिए ।

निर्वाचन आयोगले मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । आलोचकहरूले सरकारले एकै पटक विभिन्न चुनाव गर्दा पूर्वतयारी नगरेकाले ठूलो संख्यामा कर्मचारीले ज्यान गुमाएको बताएका छन् । उनीहरू भन्छन्, ‘सरकारले ठूलो संख्यामा अस्थायी कर्मचारी नियुक्ति गर्नु पनि समस्याको कारण हो । यो सरकारी निर्णय गलत थियो ।’ उल्लेख्य संख्यामा मतदान भएकाले मतगणना सम्भवतः २२ मेमा पूरा हुने आयोगले जनाएको छ । त्यसपछि मात्रै राष्ट्रपति र संसदीय चुनावहरूमा विजेताको घोषणा गरिनेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६