बारा : बारामा प्रहरीले भिड नियन्त्रणमा लिन हवाई फायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो ।
झडपमा परी स्थानीयको ढुंगामुढा प्रहारमा प्रहरी समेत घाइते भएकाले भिड नियन्त्रणमा लिन १३ राउण्ड हवाइ फायर र ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बारा प्रहरीले जनाएको छ ।