नारायणी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०९:१५

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ८१ जना पुरूष र ३६ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका बृद्घ पुरुष रहेका छन् । मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बारामा रहेको श्री चण्डी गणका ४ सेनामा पनि संक्रमण पुष्टि भएको छ । वीरगन्जमा रहेकोे भारतिय महावाणिज्य दुतावासका ४४ बर्षीय १ जना महिलापनि संक्रमित भएकी छिन । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीरगन्जका विभिन्न बडाका पाँच जनामा पनि संक्रमण देखिएको छ । बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जनामा संक्रमण पुष्टि भएको छ ।

जिराभवानीका चार र छिपहरमाइमा एक जनामा संक्रमण पुष्टि भएको छ । बारा जिल्लाका विभिन्न ठाँउका ४ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८