वीरगञ्ज : वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार दिउँसो सवा ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनी स्वास्थ्यमा समस्या आएका कारण ४ दिनदेखि निजी अस्पतालमा उपचार गराइरहेकी थिइन । उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
असन्तुलित मधुमेहको विरामी उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।