वीरगञ्ज : वीरगञ्जमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । वीरगञञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको हो ।
ती पुरुषमा मुटुसम्बन्धी रोगको समस्या थियो । गएकाे साउन ३१ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरूषमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरञ्जज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो ।