युक्रेन, जनता र जोकर

जागरणपोस्ट १८ बैशाख २०७६, बुधबार ०८:१३

युक्रेनमा निर्वाचनको दुई चरण व्यवस्था अनुसार गएको मार्च ३१ मा पहिलो र यही अप्रेल महिनाको २१ तारिखमा दोस्रो चरणको निर्वाचन भयो । पहिलो चरणमा ३९ राष्ट्रपतिका उमेदवार मध्ये कुनै पनि उमेदवारले ३ करोड ४० लाख मतदाताको ६३.५३ प्रतिशत खसेको मतमा ५० प्रतिशत मत नपाएकाले दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा तीन उमेदवारको चर्चा चुलियो । पहिलो युलिया तिमोसेन्को जसलाई युक्रेनमा ग्यासकी राजकुमारी पनि भनिन्छ, उनी युनाइटेड इनर्जी सिस्टमकी माल्किनी, तेल र ग्यास काण्डमा ४२५ र १३० गरी ५५५ मिलियन अमेरिकी डलर घोटाला काण्डमा जेल समेत परेकी अभियुक्त हुन् र २०१४ को राष्ट्रपति चुनावमा पराजित उमेदवार पनि । यसपाला पहिलो चरणमा उनले १३.२४ प्रतिशत मत पाएर तेस्रो भइन र पहिलो चरणमा नै बाहिरिइन । दोस्रो पेत्रो पोरोसेन्को जो २०१४ देखि २०१९ सम्म युक्रेनको राष्ट्रपति रहे मे २०१४ को निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मत ल्याएर युलिया तिमोसेन्कोलाई पराजित गरेका थिए । चकलेट राजाको नामले चर्चित विश्वको १८ औं चकलेट उत्पादक रोसेन कन्फेक्सनरी करपोरेसनका धनाड्य मालिक पोरोसेन्को पहिलो चरणमा १६.०३ प्रतिशत मत ल्याएर दोस्रो भएका थिए र दोस्रो चरणमा २५.२ प्रतिशत मात्र मत पाएर पराजित भए । ओयु (आवर युक्रेन) को नारा दिएर ५ वर्ष युक्रेनको राष्ट्रपति रहे । तेस्रो भोलोदिमिर जेलेन्स्की पहिलो चरणमा ३०.४१ प्रतिशत मत ल्याएर पहिलो स्थानमा थिए भने दोस्रो चरणमा ७३.२४ प्रतिशत मत पाएर युक्रेनको राष्ट्रपतिमा विजयी भए ।

जेलेन्स्कीको राष्ट्रपतिको बाटो सबैभन्दा पहिला एउटा मध्यम आद्यौगिक सहर क्रिभोइ रोगबाट सुरु भयो । विश्वविद्यालयका प्राध्यापक र इन्जिनियर आमाबाबुका सन्तान ४१ वर्षिय जेलेन्स्की अन्तर्राष्ट्रिय सम्बन्धको पढाइ मस्को अथवा किभका विश्वविद्यालयमा गर्न चाहन्थे तर स्थानीय विश्वविद्यालयमा कानुनका विद्यार्थी हुँदै हास्य कलाकारको रूपमा प्रख्याति पाउँदै गए अनि नाम र दाम पनि खुब कमाए । भोलोदिमिर जेलेन्स्की जसलाई युक्रेनमा जे भनेर चिनिन्छ टिभिशो सर्भेन्ट अफ द पिपुल शोबाट चर्चित भए । उनको लोकप्रिय टिभि कार्यक्रम जसमा उनले स्कुलको इतिहास शिक्षकको भूमिका गरेका हुन्छन् र आकस्मिक रूपमा देशका राष्ट्रपति बन्दछन् । जेलेन्स्कीका संरक्षक युक्रेनका धनाड्य इहोर कोलोमोयस्की हुन् जो पूर्वी युक्रेनको गर्भरनर नियुक्त भएका थिए मे २, २०१४ ओडेसा नरसंघारका आरोपित हुन् । उनी युक्रेनमा सबैभन्दा ठूलो निजी बैंकका संस्थापक हुन् जसले त्यहाँको हवाइसेवाको ठूलो शेयर ओगटेको छ । उनी पाँच विलियन अमेरिकी डलर बैंक घोटालामा दोसी आरोपित हुन् र इजरायलमा स्वघोषित निर्वासनमा रहेका छन् उनलाई भेट्न जेलेन्स्कीले १३ पल्ट इजरायलको यात्रा गरको शंका गरिन्छ । जेलेन्स्कीको टिभि शो कोलोमोयस्कीको आठवटा टिभि स्टेसन मध्ये एक हो र उनले चलाउने कार्यक्रम सर्भेन्ट अफ द पिपुलको नामबाटै उनको पार्टीको नाम स्लुहा नारोदु (सर्भेन्ट अफ द पिपुल) राखिएको छ ।

माधव पोख्रेल

जेलेनेन्स्कीलाई निर्वाचनमा तीन तप्काका मानिसहरूले सहयोग गरेका थिए पहिलो उनका टिभि शोका प्रशंसकहरू, दोस्रो युक्रेनको राजनीतिमा उनको लोकप्रिय हास्य कलाकारिता र तेस्रो भ्रष्टाचारीहरूबाट शोषण भएकाहरू जो नयाँ अनुहारको खोजीमा थिए । सेलिब्रेटी हुनु उनको लागि एउटा अवसर भयो । अमेरिकाले उनको राष्ट्रपति उमेदवारीलाई समर्थन गरेको थियो । अमेरिकी दुबै सदनको उनलाई ९८ प्रतिशत समर्थन थियो । अमेरिकी कांग्रेसमा ३ का विरुद्ध ४१९ जनाको समर्थन थियो भने सिनेटमा २ को विरुद्ध ९८ जनाको समर्थन । जेलेन्स्की रुसीभाषी यहुदी मुलका हुन् । युक्रेन जातिय र भाषागत रूपमा अरेन्ज वेस्ट र ब्लु इस्ट भनेर चिनिन्छ । जेलेनेस्कीको नामको अर्थ चाहिँ ग्रीन हुन्छ जुन २५ प्रान्तमा परिचित भयो । मानिसहरूले उनलाई आशाले भन्दा पनि अरुको आक्रोसले मतदान गरेको देखिन्छ । उनको प्राथमिकता भ्रष्टाचार कम गर्ने, ज्याला बढाउने पूर्वको द्वन्द्व समाधान गर्ने रहेको छ तर आउँदो अक्टोबरमा संसदको निर्वाचन नभएसम्म युक्रेनको संसद (भरखोभ्ना रादा) उनका लागि फलामे चिउरा हुनेछ । यता केही समयदेखि राजनीतिमा अप्रत्यासित अपरिचित अनुहारहरूको आगमनमा जेलेनेस्कीको उदय अमेरिकामा डोनाल्ड ट्रम्प, फ्रान्समा इमानुएल म्याक्रोन र स्लोभाकियामा जुजाना कापुतोभको रूपमा भएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६