पर्सामा थपिए ५४ कोरोना सङ्क्रमित

जागरणपोस्ट ६ भाद्र २०७७, शनिबार १२:३१

वीरगन्ज : पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति ४ सय ५० वटा स्वाबको नमुना परीक्षण गरिएकोमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको हो । शुक्रबार राति संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना रहेका छन् ।

यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना, पकाहामैनपुर गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३-३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि संक्रमण भेटिएको प्रयोगशालाले जानकारी दिएको छ । ५४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८