ब्रेकिङ न्युज:

मेरो जागरण मेरो जीवन भाग – १९ ( सैनी आमा )

जागरणपोस्ट १८ बैशाख २०७६, बुधबार १४:३८

गाउँमा उनी सित सबै डराउँथे । म भने उनी सित लाडिन्थे । म लाडिएको देखेर अरु डराउँथे मेरि आमा बाहेक । आमालाई विश्वास थियो आफूले जस्तै उनीले पनि माया गर्छिन् भनेर । खै कसरी विश्वास जमाइछन् उनीले मेरि आमालाई । हुन त उनी आमाकी बाल सखा पनि थिइन् रे । त्यो त आमाले नै भनेर थाहा पाएको हुँ । मलाई त्यो सरोकारको बिषय पनि थिएन । मेरी दोश्री आमा थिइन् उनी । आमाकै हाराहारी माया गर्ने आमा । आमा र उनीले सानैमा भेडाबाख्रा चराउन जाँदा टाउको ठोकेर मितिनी (सैनी) लाएका अरे । त्यही नातो थियो हाम्रो । भाग्यको खेल उनी छिमेकी पनि भइन् हाम्रै । सानाका साथी पछि सैनी /सैनी भएछन् आमा र उनी । त्यसैले मैले सैनी आमा भनेर सम्बोधन गर्थें । उनले आमाले नै सम्बोधन गरे जस्तै गरेर स्यानु भनेर सम्बोधन गर्थिन । मेरो नाम पनि उनलाई सायदै ख्याल भयो होला । उनका जायजन्म पनि भएका थिए रे , तर दैवले काख रित्याई दिएको रहेछ । त्यसैले पनि आफ्ना दैवले चुँडेका सन्तानको माया पनि मैलाई खन्याएको हुनु पर्छ ।

स्रष्टा भरत आचार्य, पोखरा।

पहिलेका प्रसंगमा पनि उल्लेख गरेको छु । म पनि कम्ता माया लाग्दो थिइन , असाध्यै ज्ञानी जहाँ राख्यो त्यहीँ हलचल नगरी बस्ने , माखा , मच्छरले छपक्कै छोपे पनि नधपाउने , गणेशको जत्रो भुँडी , हण्डा जत्रो टाउको , हातगोडा मुरली जत्रा , भोक लाग्यो पनि नभन्ने , खाने कुरा दिइन्जेल भो पनि नभन्ने । जति जे दिए पनि खाइदिने अगस्त्य ऋषि जस्तै ।
बोल्न भन्दा बढी इशाराले काम चलाउने । त्यहाँ भन्दा बढी आफ्नो गुणगान गरेर हजुर हरुको समय बर्बाद गर्नु पनि उचित लागेन ।

हजुर उनै सैनी आमाको प्रसङ्गमा आउँछु । भाग्यको खेल नै भन्नु पर्छ मैले अलि अलि जान्ने हुँदैमा उनका दुई तीन घरबार बिग्रिसकेका थिए । तर उनी हाम्रो वरपर नै हुन्थिन् । सैनी बा फेरिए पनि । उनी न त पढे लेखेकी थिइन् नत त उच्च खानदानकि थिइन् न उनको हैकम् नै चलाउने त्यस्तो औकात नै थियो तर पनि उनी सँग डराउँथे गाउँले हरू ।

कारण हजुर हरूले अनुमान लाउनु भयो होला । कति त त्यही परिवेश बाट आउनु भएको पनि होला । गाउँले डराउने एउटै कारण थियो , उनीले मोहनी मन्त्र बोक्सी मन्त्र आदि जानेकी छन् भन्ने भ्रम थियो , हुन पनि उनले कुकुर बिराला हरूलाई बच्चा जस्तै गरेर पालेकी थिइन् , कुकुर बिराला उस्तै पारखी हुन्थे उनले पालेका । गाउँमा होस् या सहर बजारमा कुसंस्कार अन्धविश्वास आज भन्दा ३०/ ४० बर्ष अगाडि कस्तो हुँदो हो सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले उनी मोहिनी बोक्सी भनेर सबै डराउँथै । यदाकदा धामीझाँक्री बस्दा उनै बोलिन भनेर , भित्रभित्रै खास खुस गर्थे तर अगाडि भन्ने /पर्ने कसैको साहस थिएन । अरु त अरु उनले दिएका खानेकुरा सके सम्म कसैले खाँदैन्थे । तर हाम्रो परिवारमा मिठोचोखो पाक्दा एकअर्कालाई नख्वाइ खाँदैन्थौं । छिमेकी हरूले डर देखाउँथे , भड्काउन खोज्थे तर हामी अडिग थियौं । अरुले खाँदा दिंदा संयोग भनौं या मन कै डरले हो झार्फुक गर्नै पर्थ्यो । यो असर पुरुषमा भन्दा महिलामा नै बढी थियो । भन्दा कुनै किम्दन्ती भने जस्तो हुन्छ । तर वास्तविक देखें भोगें । उनी निसन्तान भएकोले आफूले पालेका कुकुर बिराला लाई बढी माया गर्नु स्वभाविक थियो । बढी पाएकोले कुकुर बिराला पारखी हुनु पनि स्वभाविक थियो । तर गाउँले हरूले मोहनी लाएर पारखी बनाई भन्थे । उनका कुकुर बिराला लाई छौंडा भन्थे ,डराउँथे। कस्तो अन्धविश्वास । अरुको नजरमा जे जस्तो भए पनि मेरो नजरमा आमा बराबर थिइन् , मेरो आमाको नजरमा त उनी हितैषी साथी /सैनी । आमाको पनि विश्वास डग्ने कुरै भएन । उनकी आमाले समेत मेरी आमा लाई छोरी जस्तै माया गर्थिन् ।
उनैको जुठो खाएँ, उनैका कुकुर बिराला सित खेलें, उनैको काखमा सुतें अँह मलाई न त कथित बोक्सीको नजर पर्‍यो नत कतिथ छौंडाले दुख दिए ।
उनी एकदम निरक्षर थिइन्। मन्त्र नै के जानिन् होला? केवल उनले माया गर्न जानेकी थिइन् त्यो पनि निस्पाप निस्वार्थ त्यही मायाले मोहीत पार्थिन होला , बालबच्चा र पशु पंक्षी लाई तर अन्धविश्वासी आँखाले , बोक्सी या मोहिनी देख्यो । उनको माया सँग डराए माया गर्न नजान्ने , अन्धविश्वासी हरू । म र मेरो परिवारले उनको माया भरपुर पायौं । यस मानेमा म आफूलाई भाग्यमानी पनि ठान्छु । एउटा रित्तिएको काखको न्यानो माया पाउँदा । केही बर्ष अघि सैनी आमाको मृत्यु भयो । सायद उनी स्वर्ग मै होलिन् । उनी मरे पछि उनका कुकुर बिराला पनि सोकाएर नखाई नखाई मरे । मैले संसारको रीति यस्तै हो भनेर मन बुझाए पनि पालेका कुकुर बिराला लाई सम्झाउन सकिन।

यो पनि पढ्नुहोस- मेरो जागरण मेरो जीवन भाग १८ ( कोखामा आँखा )

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४