वीरगन्ज : पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराति तीन सय बीस जनाको स्वाबको नमूना परीक्षण गर्दा ३४ महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये नौ जना बारा, पाँच जना रौतहट र बाँकी सबै पर्सा जिल्लाका रहेका छन् । पर्साका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत १४५ जनामा संक्रमण पुष्टि भएको हो । नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् ।
वीरगन्जको एक एफएमका पाँच जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका नौ जना थुनुवामा पनि संक्रमण देखिएको छ । सेनाको जीतपुर ब्यारेकका दुईजना पनि संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्सका ९ जना र हिमाल आइरन स्टिलका तीन जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुख्खा बन्दरगाहका दुई कर्मचारी पनि संक्रमित भएका छन । वीरगन्ज चौध पिप्रामा १६ जना र छपकैयामा दश जना संक्रमित भएका छन् । पर्सागढीमा चार, बिन्दवासनीमा नौ जनामा कोरोना देखिएको छ । त्रिचालिस जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा पोजेटिभ पुष्टि भएको हो ।