रौतहट : रौतहटमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा भदौ ८ देखि भदौ १५ सम्म थप गरिएको हो । निषेधाज्ञामा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजे सम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको हो ।