वीरगंजको कोभिड अस्पतालमा थप दुई संक्रमितको मृत्यु

जागरणपोस्ट १० भाद्र २०७७, बुधबार ०९:४८

वीरगन्ज : वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमित पुरुषको वीरगन्जको गण्डकस्थित अर्को कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८