फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १११ रुपियाँ, अन्यमा कति बढ्यो?

जागरणपोस्ट १९ बैशाख २०७६, बिहीबार १५:३८

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

काठमाण्डौ: नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यतावत राखेको छ।

अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो।

निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।

इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८