पहिरोमा परि कालिकोटमा ४ जनाको मृत्यु

जागरणपोस्ट १४ भाद्र २०७७, आईतवार २१:१०

कालिकोट– कालिकोट पहिरो घटनामा मृत्यु हुनेको सख्या चार पुगेको छ । उनीहरु सबै एकै परिवारका सदस्य हुन् जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आइतबार बिहान गएको पहिरोमा मृत्यू हुनेको संख्या चार पुगेको हो । कालिकोट जिल्ला प्रहरीकार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाका अनुसार पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय चार जनाको मृत्यु भएको छ ।

दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । मृत्युहुनेमा शुभकालिका गाउँपालिका ७ मुम्राह गाउँका बर्ष ४० का परेक शाही,उनका ७ बर्षिया छोरी हिमा शाही,५ बर्षको निराजन शाही र दुई महिनाको अकल शाहीको मृत्यु भएको हो । परेक शाहीको पत्नी पुन्ना शाही सामान्य घाइते छिन् ।

अर्को एक जना १३ बर्षिय बालक अर्जुन हमालको पनि उद्धार गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिरोमा परेर बेपत्ता भएका नागरिकको उद्धार कार्य जारी नै छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको डिएसपी ओलियाले बताउनु भयो । नाग्म बजारमा टेलिफोन नलाग्ने भएकोले सम्पर्क गर्न कठिनाइ भइरहेको छ ।

डिएसपी ओलियाका अनुसार प्रहरी सञ्चार सेट मार्फत मात्र जानकारी आदानप्रदान भइरहेको छ ।मृतक परेक शाहीका परिवार नाग्म बजारका धनपति विकको घरमा किराना पसल गरिरहेका थिए । यस अघि पहिरो परी कालिकोटमा ३२ जनाको मृत्यु भइसकेको छ । ७ जना अझै बेपत्ता छन् । प्रहरी प्रमुख ओलियका अनुसार कम्तिमा ३ जना बेपत्ता रहेको अनुमान गरिएको छ ।

बजारमै पहिरो गएपछि त्रास बढेको छ । यो बजार पहिले देखि नै जोखिमयुक्त थियो । तल तिला नदिले कटान गरिरहेको छ । माथिबाट पहिरो आउन सक्ने खतरा पनि उत्तिकै छ । बिहान ८ बजे मात्र पहिरो गएको थियो । लकडाउनका कारण कुनै पनि परिवार घर बाहिर निस्कन सकेका थिएनन् । यो समाचार तयार पार्दा सम्म पहिरो पञ्छाउने जारी थियो

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६