विमान चिप्लिएर दुर्घटना, यात्रु भने सकुशल

जागरणपोस्ट २१ बैशाख २०७६, शनिबार १७:१७

एजेन्सी : अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्।

विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेशनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो।

विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सीएनएनसँग विमान जमिनमा बेसरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए। उनले आफूहरू पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए।

उनले एकछिन त विमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाए। उनले नदीमा विमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि जानकारी दिए। ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकृत क्याप्टेन मिसेल कोन्नोरले विमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार भएको प्रतिक्रिया दिए।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो। अमेरिकी विमान कम्पनी बोइङ पछिल्ला दिनमा ७३७ म्याक्स सिरिजका विमान दुर्घटनाका कारण ठूलो संकटमा छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८