वाह, कृषिप्रधान देश ! यौटै नाकाबाट मात्रै ५ अर्वको चामल आयात

जागरणपोस्ट २८ बैशाख २०७६, शनिबार ०४:१९

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ । नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तै भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ । यो अवधिमा भारतबाट एक अर्ब नौ करोड ४७ लाख रूपैयाँ बराबरको ५३ हजार २५१ मेट्रिकटन आलु नेपाल भित्रिएको जनाइएको छ । नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ ।

(रासस)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८