मलमासको महिमा

जागरणपोस्ट २ आश्विन २०७७, शुक्रबार १५:५६ विचार / दृष्‍टिकोण

कपिलमणी ज्ञवाली

वैदिक ज्योतिषीय विज्ञानमा अधिकमास वा मलमास
नेपाली शब्द कोशका अनुसार “मास” भनेको महिना हो, “अधिक” भनेको धेरै हो । यसैले “अधिकमास” को शाब्दिक अर्थ “धेरै वा अतिरिक्त महिना” हुन्छ । यसैले मलमासलाई अधिकमास भनिएको हो ।
यसको अर्को नाम “पुरुषोत्तमास” पनि हो । भगवान् श्रीकृष्णको अर्को नाम पुरुषोत्तम हो । यस महिनालाई भगवान् पुरुषोत्तमले आपूmमा समाहित तथा ग्रहण गरेका हुनाले यसको नाम पुरुषोत्तममास रहन गएको हो भनिन्छ ।

नक्षत्र, राशि, तिथि, बार, महिना आदिका रूपमा यस महिनाको गणना नगरिने हुनाले तथा अन्य महिनाको तुलनामा यस महिनालाई बेग्लै व्यवहार गरिने भएको हुनाले यसलाई महत्वहीन महिना, उपयोगहीन महिना, कर्महीन महिना र फलहीन महिनाको रूपमा मलमास भनिएको हो भनी पौराणिक चर्चा पनि पाइन्छ ।

कुनै शुभकार्यका लागि शुभमुहूर्त हेरिन्छ । शुभमुहूर्तका लागि नक्षत्र, राशि, घडी, पला, बार, महिना, सूर्य, चन्द्रादि ग्रहहरूको स्थान आदि हेनुपर्ने हुन्छ । तर यस महिनामा सूर्य कुनै पनि नक्षत्र, राशि, तिथि, महिना, बारमा प्रवेश गर्दैनन् । यसर्थः यस महिनाभरि कुनै पनि धार्मिक अनुष्ठान तथा यज्ञयज्ञादिहरू शुभारम्भ हुँदैनन्, नवीन कार्यहरू प्रारम्भ गरिन्नन्, कुनै पनि धार्मिक तथा पौराणिक चाड–पर्वहरू मनाइन्नन् ।
हामीले मान्दै आएको दिन र रात सूर्य र चन्द्रमाको गतिको आधारमा निर्धारण गरिएको हुन्छ । यसैलाई हामी समय भन्छौँ । यस समयलाई दिनका रूपमा गणना गरिन्छ । चन्द्रमाको गति सूर्यको गतिभन्दा केही ढिलो हुन्छ । यसरी पृथ्वीको परिक्रमा गर्दै जानेक्रममा प्रत्येक एक वर्षमा चन्द्रमा सूर्यभन्दा दश दिन पछाडि पर्छन् । यसरी पत्येक तीन वर्षमा तीस दिन चन्द्रमा सूर्यभन्दा पछाडि पर्छन् ।

सामान्यतः तीस दिनको एक महिना र बाह्र महिनाको एक वर्ष हुन्छ । तर सूर्य र चन्द्रमाको गतिलाई हेर्ने हो भने हाम्रोे वैदिक ज्योतिषीय पात्रोमा बढ्न गई प्रत्येक तीन वर्षमा तेह्र महिना हुन्छ । तेह्रौँ महिनालाई हाम्रो वैदिक ज्योतिषीय पात्रोले मात्रै होइन अङ्ग्रेजी पात्रोले पनि स्वीकार गरेको छैन । यस्तो अवस्थामा प्रत्येक तीन वर्षमा सङ्कलित भएर आउने तीस दिनलाई “अधिकमास” भनी हिन्दू वैदिक ज्योतिषीय पात्रोमा उल्लेख गरिएको छ । यस अर्थमा यो अधिक वा अतिरिक्त महिना हो । अन्य वाह्र महिनामा जस्तो यस महिनामा नक्षत्र, तिथि, राशि, महिना, बार आदिको गणना हुँदैन । यसैले यस महिनामा कुनै पनि शुभमुहूर्त, शुभसाईत, शुभलगन आदि हुँदैनन् । शुभमुहूर्त, शुभसाईत, शुभलगन नभएपछि धार्मिक अनुष्ठान, धार्मिक कार्य, नवीन कार्यको शुभारम्भ, विवाह, व्रतबन्ध जस्ता कुराहरू नहुने नै भए। यस महिनाका विषयमा हिन्दू पौराणिक ग्रन्थ तथा निर्णयसिन्धुमा विभिन्न प्रसङ्गहरू उल्लेख गरिएको पाइन्छ ।

दैत्यराज हिरण्यकश्यप आपूm अजर र अमर बन्न चाहन्थे । उनले कठोर तपस्या गरी भगवान् विष्णुबाट “पशु वा मानिस, दिन वा रात, पृथ्वी वा आकाश, महिना वा बार कसैबाट पनि, कहीँ पनि र कतिखेर पनि मेरो मृत्यु नहोस्” भन्ने वरदान पाएका थिए । तर हिरण्यकश्यपका आप्mनै छोरा प्रह्लाद विष्णुभक्त थिए । उनी जतिखेर पनि भगवान् विष्णुको पूजा, प्रार्थना र आराधना गरिरहन्थे । आपूmलाई सर्व शक्तिमान् ईश्वर ठान्ने हिरण्यकश्यपलाई यो कुरा सह्य भएन । उनले प्रह्लादलाई धेरै संझाए तर प्रह्लाद ईश्वरभक्तिमा चुर्लुम्म डुबेका थिए । कति संझाउँदा पनि नमानेपछि एक दिन हिरण्यकश्यपले प्रह्लादलाई मार्ने चेतावनी दिँदै भने, “तेरो कुन भगवान् आएर तँलाई बँचाउँदो रहेछ । म पनि हेर्छु ।”
निर्भिक स्वभावका भगवत्भक्त प्रह्लादले भने, “भगवान् त सर्वव्यापी हुनुहुन्छ, सर्वद्रष्टा हुनुहुन्छ । उहाँ नभएको ठाउँ र उहाँले नदेख्ने कुरा केही पनि छैन ।”

प्रह्लादको कुरा सुनेर हिरण्यकश्य रिसले आगो भए । “के तेरो भगवान् यहाँ पनि छन् त ?” यति भनी उनले नजीकको खम्बामा मुठ्ठी प्रहार गरे । उनको मुठ्ठी प्रहार हुनासाथ खम्बा फुट्यो । त्यहाँबाट नृसिंह अवतारमा भगवान् विष्णु प्रकट भए । उनले हिरण्यकश्यपलाई समाएर मूल ढोकाको सँघारमा लिएर गए । आपूm सँघारमा बसी हिरण्यकश्यपलाई काखमा राखेर आप्mना नङ्ग्राले पेट चिरी मार्न खोजे ।

यसै समय आपूmले पाएको वरदान संझाउँदै हिरण्यकश्यपले भने, “तपाईँले नै मलाई पशु वा मानिस, दिन वा रात, पृथ्वी वा आकाश, महिना वा बार कसैबाट पनि, कहीँ पनि र कतिखेर पनि मृत्यु हुनेछैन भनी वरदान दिनुभएको होइन ? आपूmले दिएको वरदानको उल्लङ्घन तपाईँ आफै कसरी गर्न सक्नुहुन्छ ?”

“हो, मलाई राम्ररी थाहा छ । त्यसैले त आप्mनो परम भक्त प्रह्लादको रक्षाका लागि म न मानिस न पशु अथवा नृसिंह, न दिन न रात अथवा सन्ध्याकल, न पृथ्वी न आकाश अथवा काखमा, न कुनै महिना न कुनै बार अथवा नक्षत्र, राशि, तिथि, महिना, बार केहीमा गणना नहुने अधिकमासमा प्रकट भएको हुँँ ।” यसरी भगवान् विष्णुले आप्mनो परम भक्त प्रह्लादको रक्षाका लागि अधिकमासको अधिष्ठान गरेका हुन् भन्ने एकथरि मत प्रकट भएको पाइन्छ । वास्तवमा यो अधिकमास भगवान् विष्णुले दैत्यराज हिरण्यकश्यपलाई मार्न अधिष्ठान गरेका हुन् । किनभने वाह्र महिनाभित्र पर्ने कुनै पनि नक्षत्र, राशि, तिथि, महिना, बार र दिनमा हिरण्यकश्यपलाई मार्न सकिँदैनथ्यो र आपैmले दिएको वरदानको उल्लङ्घन गर्न पनि सम्भव थिएन ।

यस्तै एकपटक सबै महिनाहरूले आपसमा सल्लाह गरी एउटा वैठक गरे । वैठकमा सबै महिनाहरूले आ–आप्mनो विशेषता, महिमा र महत्वका विषयमा चर्चा गरे । चैत्र महिनाले श्रीरामको जन्म महिना भनेर पूmर्ती लगायो । असारले भगवान् हरिको महिना भनेर पूmर्ती लगायो । साउनले शिव महिना भन्यो । कार्तिक महिनाले भगवान् श्रीकृष्णले गोबद्र्धन पर्वत उठाएको महिना भनेर नाक फुलायो । वास्तवमा सबै महिनाले कुनै न कुनै भगवान्बाट आशीर्वाद पाएका थिए । तर त्यहीँ बसेको अधिकमास चुपचाप थियो । न नक्षत्र, न तिथि, न मिति, न महिना, न बार, न दिन, न भगवताशिष ! विचरा के भनोस् ऊ !
अरु महिनाहरूले कामै नलाग्ने अमङ्गल महिना भनी अधिकमासको खूब उपहास गरे । अधिकमासलाई साह्रै नमज्जा लाग्यो । ऊ जुरुक्क उठेर देवर्षि नारदमुनिकहाँ गयो र सबै वृत्तान्त सुनायो । (कतैकतै सिधै विष्णुकहाँ गएको र कतै विष्णु सहित श्रीकृष्णकहाँ गएको चर्चा पनि पाइन्छ ।

अधिकमासले भगवान् विष्णु समक्ष मनका सबै व्यथा पोख्यो । उसको आँसुका धारासँगै पोखिएको मनको बेदना सुनेपछि देवर्षि नारदले अधिकमासलाई वैकुण्ठधाम अथवा भगवान् विष्णुकहाँ लिएर गए ।
भगवान् विष्णुले अधिकमासलाई गोलोक अथवा भगवान् श्रीकृष्णकहाँ लिएर गए । सबै कुराको बेलिबिस्तार सुनेपछि भगवान् श्रीकृष्ण (जसलाई “भगवान् पुरुषोत्तम” को नामले पनि सम्बोधन गरिन्छ) ले यस अधिकमासलाई आप्mनो पुरुषोत्तम नाम नाम दिए । त्यसपछि यसको नाम पुरुषोत्तममास (महिना) रहन गएको हो भनी पौराणिक चर्चा पाइन्छ ।

सायद त्यसैले यस महिनामा अन्य धार्मिक अनुष्ठान तथा धार्मिक कार्य गर्न, नयाँ कार्यको शुभारम्भ गर्नका लागि शुभमुहूर्त, शुभलगन र शुभसाईत नजुरे पनि भगवान्को पूजार्चना र आराधना गर्न सकिन्छ । पुरुषोत्तम महिनामा गरिएको भगवत्–पूजा, भगवत्–आराधना, भगवत्–सङ्कीर्तनको फलित महत्व अन्य महिनाका तुलनामा अत्यधिक छ भन्ने कुरालाई पनि पुराणहरूमा उल्लेख गरिएको छ ।

वैदिक ज्योतिषीय पात्रोका अनुसार अधिकमास बिल्कुल अतिरिक्त समय हो । यो एक किसिमको नक्षत्र, राशि, तिथि, मिति, बार नभएको सुन्य समय हो । यसर्थः यस समयमा धार्मिक अनुष्ठान, यज्ञयज्ञादि, शुभकार्यको थालनी, विवाह, व्रतबन्ध आदिको शुभमुहूर्त, शुभसाईत र शुभलगन पनि हुँदैन । यसैले यस अधिक महिनामा गर्नै नहुने भनी केही विषयहरूलाई पूर्ण रूपमा वञ्चित गरिएको छ ।

यस महिनामा नव विवाहित दम्पति सँगै बस्दैनन् । जसलाई हाम्रो नेपाली समाजमा “मलमास बार्ने” भनिन्छ । यस समयमा सँगै बस्दा शारीरिक सम्पर्क हुनसक्दछ । शारीरिक सम्पर्कबाट गर्भ रहन सक्दछ । नक्षत्र, राशि, तिथि, मिति, बार नभएको सुन्य समयमा गर्भाधान हुनुलाई शुभ मानिन्न । यसर्थः यस्तो अशुभ कार्य नहोस् भनी नव दम्पती “मलमास बार्ने” नाममा छुट्टिएर बस्दछन् । तर जुन कुराहरू निममित प्रक्रियामा पर्दछन् ती कुरा गर्नुलाई अन्यथा मानिँदैन । त्यस्तै पहिलेदेखि गरिआइएका कुराहरूलाई निरन्तरता दिनुमा पनि कत्ति दोष देखिन्न ।
वैदिक ज्योतिषीय विज्ञानमा कतै पनि स्थान र लेखाजोखा नभएको अधिकमासलाई भगवान् श्रीकृष्णले आप्mनो पुरुषोत्तम नाम दिई आपूmमै आत्मसाथ गरेको हुनाले यसको फलित महिमा भने अत्यधिक देखिन्छ । भगवान्का नाममा यतिखेर गरिने पूजा–पाठ, दान, भजन–कीर्तनबाट अधिकतम पुण्य प्राप्त हुने कुराको पनि पुराणमा वर्णन गरिएको पाइन्छ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०