सर्लाहीको मलंगवामा कर्फ्यु आदेश जारी

जागरणपोस्ट ३ आश्विन २०७७, शनिबार १६:०८

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा शनिबार दिउँसो २ बजेबाट आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।

मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद झडपमा परिणत हुन थालेपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

दुई समूहबीचको झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । घटनालाई साम्य पार्न बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल जारी छ । दुवै पक्षबाट धेरै मानिसहरु जम्मा हुन थालेपछि अप्रिय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यु आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६