शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१ सम्पादकीय
सेयर गर्नुहोस्

गतहप्ता गोरखापत्र दैनिकमा एक लेख प्रकाशित भयो। `कुशल नेतृत्व´ शिर्षकको लेखमा प्रधानमन्त्री केपी ओलीको जयजयकारमा सम्पूर्ण शब्द खर्च गरिएको उक्त लेख अन्तत: संविधान दिवसका दिन पुरस्कृत भयो। लेखकलाई संविधान दिवसका अवसरमा राष्ट्रपतिका हातबाट प्रवल जनसेवाश्री नामक तक्मा बक्सिस भयो।

आफ्नो कार्यकालभर ठुला भ्रष्टाचारका मुद्दा तामेलिमा राखी शासकीय बृत्तबाट स्यावासी पाएका अख्तियारका निवर्तमान आयुक्त नवीन घिमिरे पनि सरकारद्वारा पुरस्कारस्वरुप प्रवल जनसेवाश्री नामक तक्माबाट विभूषित भए। घिमिरे तिनै अख्तियार आयुक्त हुन जसले आफ्नो कार्यलालभर ठुला भ्रष्टाचारका मुद्दा एकातर्फ थन्काएर हजारदेखि लाखसम्मका मुद्दामा कर्मचारीहरुको दोहोलो काड्दथे। यहाँसम्म कि तत्कालिन मालपोत कार्यालय कलंकीका खरिददार रामहरि सुवेदीलाई १ हजार घूस लिएको आरोपमा अत्यन्तै अपमानपूर्ण व्यवहार गर्दै ४२ दिनसम्म थुनामा राखेर बयान लिनेगरेका थिए। अख्तियारको चरम अपमान सहन नसकेर अन्त्यमा सुवेदीले आत्महत्या नै गरेका थिए। तर, उनले देशमा चर्चित ठुला भ्रष्टाचारका काण्डहरु वाईडबडि काण्ड, बालुवाटार जग्गा प्रकरण, आयल निगमको जग्गामा घोटाला, सेक्युरिटी प्रिन्ट मेसिन घोटालालगायत दर्जनौं ठुला भ्रष्टाचारका मुद्दा सबै तामेलीमा राखी शाषकहरुलाई खुसी तुल्याएबापत तक्मा पाए।

माथी उल्लेख गरिएका उदाहरण प्रतिनिधि घटनामात्र हुन। देशको लागि विशिष्ठ योगदान गरेबापत राज्यले उक्त योगदानको उच्च मूल्यांकन गर्दै विशेष समारोहको अवसर पारेर त्यस्ता ब्याक्तिहरुलाई सम्मानस्वरुप प्रदान गरिने तक्माको गरिमालाई आजका मितिसम्म आईपुग्दा सत्ता र शाषकको स्तुति गाऊनसक्ने, चाकडी-चाप्लुसी गर्नसक्ने ब्याक्तिको गलामा भिराईदिएर तक्माको औचित्य नै नामेट पारिएको छ।

शाषकहरु आफ्नो बिरोध होईन तारिफ सुन्न रुचाऊँछन। चाप्लुसी र चाकडीवाजमा रमाऊंछन। जसले सत्ता र शाषकप्रतिको वफादारिता इमान्दारीपूर्ण निभायो, शाषकहरुले त्यस्ता ब्याक्तिलाई तक्माको लागि सिफारिस गर्ने गरेका छन। पञ्चायतकालदेखि गणतन्त्रसम्म आईपुग्दा प्राय: सत्ता र शक्तिका चाकरीवाजले नै तक्मा र बिभूषण प्राप्त गरेका छन र गणतन्त्रपश्चात त रोकिन्छ कि भन्ने आम अपेक्षा थियो, तर रोकिएन। राष्ट्रपतिद्वारा बक्सिस हुने तक्मा र बिभूषण प्राप्त गर्नेको ग्राफ झनै उकालो लाग्दै गयो। घट्ने गुन्जायसै रहेन।

यो देशमा राज्यको लागि बिशिष्ठ योगदान गरेका त्यस्ता धेरै कर्मचारी र आम नागरिक छन जसलाई राज्यले सम्झिन पनि चाहंदैन। एक आम नागरिकका तर्फबाट भ्रष्टाचारबिरुद्ध अहोरात्र खटेकी पात्र हुन शारदा भुसाल झा। भ्रष्टाचारबिरुद्ध अनसन, केस मुण्डन गरेर सरकारलाई दबाबमात्र होईन आफ्नै खर्चमा देशका कुना कुना गएर सरकारी अड्डाहरुमा हुनेगरेका भ्रष्टाचार र घूससम्बन्धि मुद्दा लिएर अख्तियार र अदालतसम्म धाऊंछिन। सार्वजनिक निकायमा हुने अनियमितताका बारेमा सूचनाको हकलाई प्रयोग गर्दै हरेक अड्डाबाट बिस्तृत जानकारी लिई अनियमितता भएको आशंका भए सोझै अख्तियार र अदालतमा मुद्दा दायर गर्नपुग्छिन। आफ्नै ज्यानको खतरा मोलेर भएपनि देशका दूरदराजबाट भ्रष्टाचार र अनियमितताका काण्डहरु सार्वजनिक गरिरहेकी शारदा भुसाल झा लाई भने राज्यले कहिल्ल्यै देख्दैन। राज्यले देख्नुपर्ने शारदाजस्ता कैयन भ्रष्टाचारबिरोधी अभियन्ताहरुलाई हो। नेपालमैं केहि गर्न सकिन्छ भनेर राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रविधिको बिकासमा लागेका महाविर पुनले तक्मा त पाए, तर राज्यले उनको अभियानमा साथ नदिंदा तक्मा नै बेच्ने स्थितिमा पुगे।

अर्कोतर्फ शासकवृत्तलाई कत्तिको बिझ्छ बिझ्दैन, तर आम नागरिकमाझ यौटा कुशल प्रशासकको छवि बनाएका कुलमान घिसिङ्ग राज्यद्वारा बिभूषित हुनुपर्ने थियो, तर त्यसो हुन सकेन। कुलमानजस्ता योग्य र विशिष्ठ योगदान गरेका अन्य कर्मचारी पनि होलान, राज्यले खोजी खोजी त्यस्ता ब्याक्तिहरुलाई बिभूषित गर्नुपर्ने थियो, तर किन हो शासकवृत्तको नजरमा यस्ता ब्याक्तिहरु पर्दै पर्दैनन।

बर्षेनी बिभूषण र तक्मा पाऊनेहरुको सूची लम्बिंदै गएको छ, तर उक्त सूचीमा सार्वजनिक जिवनमा स्वतन्त्रपूर्वक राज्यको लागि विशिष्ठ योगदान पुर्याएका ब्याक्तिहरु कहिल्ल्यै अट्न सकेनन। नेताका आफन्ती, कार्यकर्ता, ठेकेदार, गुण्डा नाइके, चाकडी-चाप्लुसीवाजहरुलेमात्र निरन्तरता पाए, इमान्दारले कहिल्ल्यै पाएनन। पञ्चायत र राजतन्त्रकालको सिको गणतन्त्रसम्म आईपुग्दा यथावतमात्र रहेन, झनै बिकृत हुँदै पनि गयो। अब त यस्तो स्थिति आयो कि सत्ता र शासकका चाकडीवाज र चाप्लुसी को को हुन भनेर बुझ्नको लागि नेपाल सरकारको आधिकारिक दस्तावेज `राजपत्र´मा प्रकाशित तक्मा पाऊनेहरुको सूची हेरे थाहा लाग्ने भैसकेको छ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२