ब्रेकिङ न्युज:

डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल लगियो

जागरणपोस्ट ६ आश्विन २०७७, मंगलवार २०:०५

काठमाडौं : चिकित्सा शिक्षा सुधारका मागहरु राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

नेपालगन्जबाट आज काठमाडौं ल्याइएका डा. केसीलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा त्यहाँ बस्न नमानेपछि महाराजगन्ज लगिएको हो । 
जबर्जस्ती ट्रमा सेन्टर लगिएका केसीले त्रिवि शिक्षण अस्पतालमै बस्न पाउनुपर्ने र ट्रमा सेन्टरबाट उपचार पनि नलिने बताएपछि शिक्षण अस्पताल लगिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । अब त्यहीँ अनशन जारी रहने केसीले बताएका छन् ।

यसअघि जुम्लामा अनशनरत केसी हिजो नेपालगञ्ज र आज काठमाडौं आएका हुन्। उनले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको तर सरकारले जबर्जस्ती ट्रमा सेन्टरमा ल्याएको भन्दै आपत्ति जनाएका थिए ।

तर अस्पताल प्रशासनले भने कोभिड १९ को जोखिमका कारण त्रिवि नलगेर ट्रमा सेन्टरमा लगिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१