टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ

जागरणपोस्ट ६ आश्विन २०७७, मंगलवार २०:२३ प्रदेश १
सेयर गर्नुहोस्

विराटनगर : विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् ।

प्रहरीले उनीहरुबाट नेपाल टेलिकमको १५० पेयर र २२० मिटर केवल तार बरामद गरेको छ । त्यस्तै, को ४ प ४१५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार नेपाल टेलिकम शाखा कार्यालय विराटनगरले गत असोज १ गते  जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरी दिएको थियो । सोही अनुसार अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले सोमवार राति ८ बजे जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

हामी यतिखेर विषम परिस्थितिसंग जुधिरहेका छौं। विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (COVID-19)ले आज समग्र बिश्वका मानवजातीको अस्तित्वमाथी नै प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि यस त्रासदबाट अछुतो रहन सकेको छैन। अहिलेसम्मको विश्व स्थितिलाई

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०

आन्दोलनकारीको चेतनास्तरको मापन

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५